विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रदेशसभा बाट लिएको विश्वासको मत संविधान सम्मत रहेको मुख्यमन्त्री उद्धव थापाको दाबी

702
shares

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्रदेशसभाबाट लिएको विश्वासको मत संविधान सम्मत रहेको दाबी गरेका छन् । बुधबार सर्वोच्च अदालतलाई लिखित जवाफ दिँदै प्रदेश सरकारले लिएको विश्वासको मत संविधान सम्मत भएको दावी गरेका हुन् । प्रदेशका मुख्य न्यायाधिवक्ता बुद्धिबहादुर कटुवालका अनुसार सरकारले संविधानको धारा १८८ अनुसार विश्वासको मत लिएको तर्क पेश गर्दै उक्त धारा अनुसार बैठकको अध्यक्षता गरेको व्यक्तिले मतदान गर्न मिल्ने जनाएको हो ।

सर्वोच्चलाई दिएको लिखित जवाफमा भनिएको छ, ‘यसमा उहाँहरू (रिट दायरकर्ता एमाले)ले १८६ को प्रतिबन्धात्मक वाक्यांश अनुसार मतदान गर्न पाइन्न भन्नुभएको छ । सरकारले धारा १८८ अनुसार विश्वासको मत लिएको हो । यो धाराअनुसार बैठकको अध्यक्षता गर्नेले मतदान गर्न पाइन्छ भन्ने हाम्रो जवाफ छ ।’यही भदौ ४ गते मुख्यमन्त्री थापाले विश्वासको मत लिएका थिए । उपसभामुख सिर्जना दनुवार बैठक छलेर काठमाडौं गएपछि सत्ता पक्षकै सांसद इस्राइल मन्सुरीले बैठकको अध्यक्षता गरेका थिए । मन्सुरीले मुख्यमन्त्रीलाई मतदान समेत गरेपछि एमाले नेता हिक्मत कार्की अदालत गएका थिए ।

सर्वोच्च अदालतका न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले थापाले लिएको विश्वासको मत संविधान सम्मत नभएको भन्दै दीर्घकालीन निर्णय नगर्न भनेको थियो । भदौ १५ बाट पूर्ण सुनुवाइ हुने मुद्दाबारे सरकारले बुधबार सर्वोच्चलाई लिखित जवाफ पेश गरेको हो । सरकारले विश्वासको मत उपस्थित हुने सदस्यहरूको बहुमतबाट नभएर प्रदेश सभामा कायम रहेका सदस्यको बहुमतबाट हुने भएकाले विश्वासको मतमा त्यो धारा १८६ आकर्षित नहुने बताएको छ । विश्वासको मतसम्बन्धी व्यवस्था धारा १८८ अनुसार हुने भन्दै सरकारले १८८ को उपधारा ३ अनुसार मुख्यमन्त्रीले प्रदेशसभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको बहुमत प्राप्त गर्नुपर्ने व्यवस्था मात्र रहेको जवाफमा उल्लेख गरेको छ ।

संविधानको १८८ मा विश्वासको मत र अविश्वासको प्रस्तावसम्बन्धी व्यवस्था छ । सो धाराको उपधारा १ मा ‘मुख्यमन्त्रीले कुनै पनि बखत आफूमाथि प्रदेश सभाको विश्वास छ भन्ने कुरा स्पष्ट गर्न आवश्यक वा उपयुक्त ठानेमा विश्वासको मतका लागि प्रदेशसभा समक्ष प्रस्ताव राख्न सक्नेछ’ उल्लेख छ । यस्तै उपधारा २ मा ‘मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा प्रदेश सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र मुख्यमन्त्रीले विश्वासको मतका लागि प्रदेश सभा समक्ष प्रस्ताव राख्नु पर्नेछ’ भन्ने व्यवस्था छ भने उपधारा ३ मा भनिएको छ, ‘उपधारा १ र २ बमोजिम पेश भएको प्रस्ताव प्रदेश सभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको बहुमतले पारित हुन नसकेमा मुख्यमन्त्री आफ्नो पदबाट मुक्त हुनेछ।’

कोशीको सत्ता गठबन्धनले संविधानको ३ वटा धारालाई आधार मानेर मुख्यमन्त्रीले लिएको विश्वासको मत संविधान सम्मत भएको बताउँदै आएको छ । सर्वोच्चलाई दिएको जवाफमा सोही कुरा उल्लेख भएको मुख्य न्यायाधिवक्ता कटुवालले बताएका छन् ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports