linktrix Long Ad
Salt Trading Long Ad

आरोही निर्मल पुर्जा (निम्स दाई) को अन्त्येष्टि बेलायतमा गरिने

338
shares

काठमाडौं । पाकिस्तानको ब्रोड पिकको हिमपहिरोमा परेर मृत्यु भएको कीर्तिमान नेपाली मूलका आरोही निर्मल पुर्जा (निम्स दाई) को अन्त्येष्टि बेलायतमा गरिने भएको छ ।

बेलायतका स्थायी बासिन्दा रहेका पुर्जाको शव अन्त्येष्टिका लागि बेलायत लगिने भएको हो । उनको परिवार बेलायतमै बस्दै आएको छ ।उनको शव ब्रोक पिकबाट आधार शिविरमा ल्याइएको छ । उनको शव पाकिस्तानाको स्कार्डोमा पुर्‍याउन अझै २ दिन लाग्ने र त्यसपछि लण्डन लगिने बताइएको छ ।

पुर्जासहितको दश जनाको टोलीको नै हिमपहिरोमा परेर मृत्यु भएको थियो । जसमा ६ जना नेपाली परेका थिए । बाँकी नेपालीको शव भने नेपाल नै ल्याइनेछ ।गत शुक्रबार उनीहरू हिमपहिरोमा परेका थिए । तीनजना भने अझै बेपत्ता छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports