linktrix Long Ad
Salt Trading Long Ad

आयल निगम भन्दछ बजारमा हल्ला भयजस्तो ग्यास अभाव छैन, तर जनता भन्दछन ग्यास पाइएन खाना पकाउन संकट भयो

273
shares

नेपाल आयल निगमका निमित्त कार्यकारी निर्देशक दीपक बरालले बजारमा हल्ला भएअनुसार एलपी ग्यास अभाव नभएको दाबी गरेका छन्।

प्रतिनिधि सभाअन्तर्गत उद्योग तथा वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उनले ग्यास वितरण प्रणालीमा देखिएको समस्याका कारण ग्यास अभाव सिर्जना भएको देखिएको दाबी गरेका हुन्।उनले नेपालमा ग्यासको माग प्रतिमहिना करिव ४७ हजार मेट्रिक टन भएको उल्लेख गर्दै हाल भारतबाट ५५ हजार मेट्रिक टन ग्यास आयात गर्ने गरिएको जानकारी दिए। उनकाअनुसार सामान्य खपतको तुलनामा करिव ५ प्रतिशत बढी ग्यास नेपाल भित्रिएको छ।

उनले विगतमा आधा ग्यास सिलिण्डर वितरण गरिएको र हाल पूर्ण ग्यास वितरण गर्दा समस्या उत्पन्न भएको बताए। ७.१ केजीका सिलिण्डरको आपूर्ति हुँदा उपभोक्ताले खाली सिलिण्डर घरमै थन्क्याउने गरेको र १४.२ केजीका सिलिण्डर आएपछि आवश्यकताभन्दा बढी भर्ने गरेका कारण बजारमा कृत्रिम चाप सिर्जना गरेको उनको दाबी छ।

उनले भने, ‘ग्यास आयातमा समस्या छैन, हाम्रो डिस्ट्रिब्युसन म्यानेजमेन्टमा अलिकति समस्या हो कि भन्ने हामीले महसुस गरेका छौँ। हामीले भन्सार र इण्डियन आयललाई हामीले पठाएको डाटाहरु पनि हेर्ने हो भने इम्पोर्टमा समस्या छैन, आवश्यक भन्दा ५ प्रतिशत बरु बढिनै आएको छ तर इन्टरनल डिस्ट्रिब्युसन म्यानेजमेन्टको कारण केही समस्या देखियो। ७.१ केजीको सिलिण्डर विक्री गर्दा मानिहरुले डेली युजको लागि पनि त्यत्ति रुची नदेखाएर खाली सिलिण्डर होल्ड भइराखेको देखियो।’

उनले निगमले ग्यास डिपोहरूलाई घरायसी उपभोक्तालाई प्राथमिकतामा राखेर ग्यास वितरण गर्न पनि निर्देशन दिएको जानकारी दिए। ग्यास नपाएको गुनासो बढेपछि निगमले टेकुस्थित कार्यालयबाट विभिन्न ग्यास कम्पनीका सिलिण्डर खुद्रा बिक्री शुरु गरेको उनको भनाई छ।

पछिल्ला तीन दिनमा त्यहाँबाट करिव २ हजार १०० सिलिण्डर मात्रै बिक्री गरिएको उनले जानकारी दिए। यसले पनि बाहिर बजारमा हल्ला गरिएजस्तो ग्यास अभाव नभएको कुरालाई पुष्टी गर्ने उनको भनाई छ। यद्यपी निगमले ग्यास वितरण प्रक्रियालाई सहज बनाउन बजार अनुगमन लगायतका कार्य गरिरहेको जानकारी दिए। उनले उपभोक्तालाई पनि आवश्यकताअनुसार मात्र ग्यास खरिद गर्न र अनावश्यक सञ्चिति नगर्न आग्रह गरे।

उनकाअनुसार हाल भारतबाट दैनिक ग्यास बुलेटको लोडिङ बढाइएको छ। तर हल्दिया र दुर्गापुर डिपोमा मर्मत कार्य चलिरहेका कारण टाढाका डिपोबाट ग्यास ल्याउनुपर्दा ढुवानी व्यवस्थापनमा चुनौती थपिएको उनले जानकारी दिए।निगमले भारतसँग दैनिक बुलेट लोडिङ बढाउन समन्वय गरिरहेको उनले बताए। उनले अझै १५ दिनसम्म ग्यास वितरणमा केही समस्या देखिन सक्ने बताए।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports