linktrix Long Ad
Salt Trading Long Ad

निधन भैसकेका माइकल ज्याक्सनको ज्याकेट ४ करोडमा बिक्री

806
shares

लण्डन । सन् १९८० को दशकमा माइकल ज्याक्सनले लगाएका कारण धेरैमाझ परिचित एउटा छालाको ज्याकेट तीन लाख अमेरिकी डलर अर्थात् करिब चार करोड नेपाली रुपैयाँमा बिक्री भएको छ। कालो र सेतो रङ्गको देखिने उक्त ज्याकेट लगाएर हाल दिवङ्गत भइसकेका गायक पेप्सीको विज्ञापनमा देखिएका थिए। उनको निधनको कैयौँ वर्षपछि लिलामीमा राखिएको उक्त ज्याकेट तीन करोड देखि साढे छ करोड नेपाली रुपैयाँ बराबरको रकममा बिक्री हुने ठानिएको थियो।

लन्डनमा शुक्रवार लिलामीमा राखिएका २०० भन्दा बढी साङ्गीतिक क्षेत्रका यादगार बस्तुहरूमध्येमा यो ज्याकेट पनि थियो। माइकल ज्याक्सन सहित गायक डेभिड बोवी, ओएसिस एन्ड द बिटल्स लगायतका साङ्गीतिक समूहसँग सम्बन्धित सामग्रीहरू पनि लिलामीमा राखिएको थियो। ज्याक्सनले उक्त ज्याकेट लगाएर चिसो पेयका लागि आफू संलग्न पहिलो विज्ञापनमा सन् १९८४ मा देखिएका थिए।

उक्त विज्ञापनका लागि अभिनय गर्ने क्रममा उनको कपालमा साँच्चिकै आगो सल्किएका कारण त्यो धेरैको स्मरणमा छ। उनले त्यसबेला लगाएको ज्याकेट भिन्न पनि देखिएको थियो। माइकल ज्याक्सनले अमेरिकी गायक अरिथा फ्राङ्कलिनसँग पहिलो पटक सँगै गाएको गीतको भिडिओमा ला रोका ज्याकेट लगाएका थिए। उक्त ज्याकेट डेढ करोड अमेरिकी डलरमा बिक्री भएको थियो।

महँगोका बिक्री भएको अर्को बस्तु ब्रिटिश गायिका एमी वाइनहाउसले सन् २००७ मा आफ्नो अन्तिम म्युजिक भिडिओमा प्रयोग गरेको कृत्रिम कपाल पनि हो।उक्त कपाल तीस लाख भन्दा बढीमा बिक्री भएको थियो। एल्भीस प्रेस्ली, क्विन एन्ड जोनी मारसँग सम्बन्धित सामग्रीहरू पनि लिलामीमा राखिएका थिए।माइकल ज्याक्सनसँग सम्बन्धित अन्य स्मरणीय सामग्रीहरू यसअघि पनि बिक्रीमा राखिएका थिए। उनको चर्चित मुनवाक नृत्यमा पहिलो पटक सन् १९८३ मा लगाएको कालो ह्याट पनि एक करोड नेपाली रुपैयाँ भन्दा बढीमा बिक्री भएको थियो।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports