linktrix Long Ad
Salt Trading Long Ad

गाजामा जारी युद्धको गम्भीरतालाई ध्यानमा राख्दै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले संयुक्त राष्ट्रसंघको बडापत्रको धारा ९९ लागू गरे

598
shares

काठमाडौं । गाजामा जारी युद्धको गम्भीरतालाई ध्यानमा राख्दै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले संयुक्त राष्ट्रसंघको बडापत्रको धारा ९९ लागू गरेका छन् । यो धारा संयुक्त राष्ट्रसंघको सबैभन्दा महत्त्वपूर्ण र शक्तिशाली प्रावधान हो । यस अन्तर्गत संयुक्त राष्ट्रसंघका महासचिवले अन्तर्राष्ट्रिय शान्ति र सुरक्षालाई खतरामा पार्न सक्ने कुनै पनि मुद्दामाथि सुरक्षा परिषदको ध्यानाकर्षण गराउन सक्छन् । बीबीसीका अनुसार संयुक्त राष्ट्रसंघको इतिहासमा नौ पटक मात्र प्रयोग भएको यो धारा दशकौंदेखि प्रयोगमा ल्याइएको थिएन ।

संयुक्त राष्ट्रसंघले गाजामा युद्धका कारण भइरहेको मानवीय विपत्तिका बारेमा केही सातादेखि चेतावनी दिंदै यसलाई रोक्न अपिल गर्दै आएको छ । अन्ततः बुधबार एन्टोनियो गुटेरेसले सबैभन्दा शक्तिशाली सङ्कटको संकेत गर्दै सदस्यको ध्यानाकर्षण गराएका हुन् । गाजाको मानवीय संकटप्रति शक्ति राष्ट्रहरूको ध्यान केन्द्रित गराउँदै युद्धविराम गर्न यो कदमले भूमिका खेल्न सक्नेछ । युएन काउन्सिलका अधिकांश सदस्य युद्धविरामको समर्थनमा छन् तर इजरायलको नजिकको सहयोगी र संयुक्त राष्ट्रसंघमा भिटो अधिकार रहेको अमेरिका युद्धविरामको पक्षमा छैन । गुटेरेसले काउन्सिल सदस्यहरूलाई सम्बोधन गर्दै भनेका छन्, ‘गाजामा बस्ने सबै गम्भीर खतरामा बाँचिरहेका छन् किनभने गाजाको कुनै पनि ठाउँ अब सुरक्षित छैन ।’

गाजाको सम्पूर्ण स्वास्थ्य प्रणाली ध्वस्त भएकोले अस्पतालहरू युद्धभूमिमा परिणत भएका उनले उल्लेख गरेका छन् । मानिसहरूसँग बाँच्नको लागि आवश्यक चीजहरू अभाव भइरहँदा इजरायलले निरन्तर बमबारी गरिरहेको छ । गुटेरेसले गाजामा सार्वजनिक व्यवस्था पूर्ण रूपमा ध्वस्त भइरहेको उल्लेख गर्दै यो पहिलेको जस्तो अवस्थामा फर्किन निकै गाह्रो देखिने उल्लेख गरेका छन् । यस संकटलाई थप बिग्रनबाट रोक्न र अन्त्य गर्न आफ्नो सबै शक्ति अन्तर्राष्ट्रिय समुदायले प्रगोग गर्नुपर्नेमा जोड दिंदै उनले युद्धविरामका लागि पहल गर्न आग्रह गरेका छन् । बुधबार नै संयुक्त राष्ट्रसङ्घका मानव धिकार प्रमुखले गाजापट्टीका प्यालेस्टाइनीहरू ‘अत्यन्तै गम्भीर त्रास’ मा बाँचिरहेको बताउँदै इजरायल र हमासबीच तत्काल युद्धविराम गर्न आह्वान गरेका थिए । मानवअधिकार प्रमुख भोल्कर तुर्कले यस्तो ‘सर्वनाशकारी’ मानवीय परिस्थितिहरूमा, अपराध र अत्याचारहरू हुने उच्च जोखिम’ औंल्याएका थिए ।

उनले बुधबार जेनेभामा भएको पत्रकार सम्मेलनमा भने, ‘गाजामा प्यालेस्टिनीहरू चरम र गहिरो त्रासमा बाँचिरहेका छन् । गाजाका नागरिकहरूमाथि इजरायलले निरन्तर बमबारी गरिरहेको छ र सामूहिक रूपमा दण्डित गरिएको छ । उनीहरू मृत्यु, घेराबन्दी, विनाश र खाद्यान्न, पानी, जीवनरक्षक चिकित्सा सामग्री र अन्य अत्यावश्यक वस्तुहरू जस्ता अति आवश्यक मानवीय आवश्यकताहरूबाट ठूलो मात्रामा वञ्चित छन् ।’ प्यालेस्टाइनी इलाकामा बसोबास गर्ने २२ लाख मानिसमध्ये १९ लाख विस्थापित भएको र उनीहरूलाई अस्वस्थ्यकर र अस्वस्थ परिस्थितिमा दक्षिणी गाजामा निरन्तर घट्दो र अत्यधिक भीडभाड हुने स्थानमा धकेलिएको उनले बताए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports