२०८२ भाद्र २३ गतेको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गतेको विध्वसात्मक कार्यलाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

राजनैतिक हस्तक्षेपकै कारण न्यायाधीश नियुक्तिमा ढिलासुस्ती : पूर्व प्रधानन्यायाधीश कार्की

988
shares

काठमाडौँ । पूर्व प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले राजनैतिक हस्तक्षेपका कारण न्यायाधीश नियुक्तिमा प्रभाव पर्ने लगाएका छन् । नेपाली कानुनी साहित्य समितिले काठमाडौँ विश्वविद्यालयमा आयोजना गरेको पूर्व प्रधानन्यायाधीश सँगको अन्तरक्रियात्मक समारोहलाई सम्बोधन गर्दै उनले राजनैतिक हस्तक्षेपकै कारण न्यायाधीश नियुक्तिमा ढिलासुस्ती हुने गरेको र न्याय सम्पादनमा समेत प्रभाव पारिरहेको बताए।

उनले कानुन व्यवसायीले वकालत गर्दा दरिलो रूपमा तथ्यमा टेकेर बहस गर्ने हो भने न्यायाधीश बाहेक कसैले हस्तक्षेप नगर्ने जिकिर समेत लिए। न्यायालयको स्तर उच्च राख्न प्रधानन्यायाधीश नै असल हुनुपर्ने बताए । सो कार्यक्रममा कानुन विषय अध्ययन गर्न लागेका विद्यार्थीहरूलाई कार्कीले जुन सुकै पेसा व्यवसायमा गए पनि विधिको शासनभन्दा बाहिर जान नहुने बताए।

विद्यार्थीहरूलाई आफ्नै नेतृत्वमा तयार पारेको ‘न्यायिक शुद्धीकरण’ सम्बन्धी महत्त्वपूर्ण प्रतिवेदनको विषयमा प्रस्ट पार्दै कार्कीले कानुन व्यवसायी पेसाको विभिन्न पदमा रहँदाको अनुभव सुनाए। कार्कीले आफू प्रधानन्यायाधीश रहँदा हरेक कुरामा जबाफदेहिता कायम गरेको जिकिर समेत गरे। समारोहमा कार्कीद्वारा लिखित न्यायिक शुद्धीकरण सम्बन्धी प्रतिवेदनलाई विद्यार्थीले प्रस्तुतीकरण समेत गरेका थिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports