भारतीय विदेशमन्त्री जयशंकरले आज भगवान् पशुपतिनाथको दर्शन गरे
वि.सं.२०८० पुस २० शुक्रवार ०९:४६
shares

काठमाडौँ । नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा सहभागी हुन बिहीबार नेपाल आएका भारतीय विदेशमन्त्री एस जयशंकरले आज भगवान् पशुपतिनाथको दर्शन गरेका छन् ।
सो क्रममा उनले पशुपतिनाथ परिसरमा वृक्षारोपण समेत गरे । हिजो नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुनुका साथै उनले उच्च राजनीतिक भेट गरेका थिए । जयशंकर आज स्वदेश फर्किँदै छन् । उनी मध्याह्न साढे १२ बजे भारत फर्कने कार्यक्रम छ ।





































