२०८२ भाद्र २३ गतेको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गतेको विध्वसात्मक कार्यलाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सुशासनको नारा बन्दुको गोलीमा

780
shares

 

काठमाडौ । पुष्पकमल दाहालले ऐतिहासिक अवसर पाएपनि उनी पटक पटक चुकेकाले राजनीतिक नेतृत्वप्रति समाज नकारात्मक बन्दै गएको छ । अरुलाई दोष थुपारेर आफू पानीमाथिको ओभानु बन्ने पुष्पकमल दाहालको प्रवृत्ति आफैँमा हानिकारक रहेको छ । आफूले सत्ता सम्हालेको एक वर्ष पुगेको दिन पुस १० गते उनले राष्ट्रको नामा दिएको सन्देश तीन दिन पनि टिकेन ।
प्रधानमन्त्री दाहालले अब आफूँ अति आवश्यक बाहेक सभा समारोहमा नजाने प्रतिवद्धता जनाएका भएपनि उनले आफूले आफ्नो पार्टीको वडास्तरीय कार्यक्रममा गोरखामा सहभागि भएका प्रधानमन्त्री दाहाल हेलिकप्टर सहित आफ्नी नातिनीको घर हेर्न पुगे । त्यहाँ उनले नातिनी नातिनी ज्वाई, सम्धी सम्धिनी सहित फोटोसेसन गरे । उनलाई लाग्दो हो त्यही हो व्यवहार बदलेको ।
आफ्नो कार्यकालको दोस्रो वर्षको ४÷५ दिनभित्र २ युवाले अनाहकमा ज्यान गुमाउनु प¥यो । प्रधानमन्त्रीले घटना घट्ने वित्तिकै समस्या समाधानको प्रयास गरेको जस्तो देखिएपनि त्यो प्रयास टालटुले मात्र थियो । त्यो प्रयासले समस्याको समाधान हुने उनले आशा गरेका भएपनि त्यो निरर्थक रह्यो ।
मृतकका परिवारलाई १०÷१० लखा क्षतिपूर्ति दिने निर्णय उनले गरेका थिए । तर त्यतिले युवावर्गको आक्रोश शान्त भएन र मृतकका परिवारले समेत दाहला सरकारको निर्णयलाई स्वीकार नगरेको हुनाले दाहाल सरकार उच्चस्तरीय न्यायिक समित बनाउन बाध्य भयो ।
गोली हानेर लास बनाउने अनि १०÷१० लाख रुपैँया दिने औपचारिकता पूरा गर्दैमा सकारात्मक भाष्य पूरा हुन सक्दैन समस्याको जरोमा पुगेर सत्य तथ्य जनतसामु ल्यान सरकार पहिले नै चुकेको थियो । पछि न्यायिक समिति बनाउने निर्णयले सरकार समस्याको जरोमा पुग्न खोजेको हो कि जस्तो देखिएको छ ।
दाहाल सरकार पटक पटक सुशासनको मामिलामा चुक्दै आएको छ । प्रधानमन्त्रीले चाहेका भए सुशासनका पक्षमा सम्पत्ति छानविन गर्न उच्चस्तरीय न्यायिक समिति बनाउन सक्थे । उनले चुनाव अघि २०४६ सालपछि लाभका पदमा बसेका राजनीतिज्ञ र उच्च तहका कर्मचारीहरुको सम्पत्ति छानविन गर्न शक्तिशाली उचस्तरीय आयोग बनाउने उद्घोष समेत गरेका थिए तर अहिलेसम्म उनले त्यस विषयमा एक शब्दसम्म बोल्न सकेका छैनन् ।
त्यसको एउटै कारण हो आफ्नो सम्पत्ति जोगाउने खेल । पहिलो पटक दाहाल प्रधानमन्त्री हुँदा आफूसँग १ तोल सुन र श्रीमतीका नाममा चितवना एक कट्टा जमिनमात्र रहेको सम्पत्तिविवरण मन्त्रिपरिषद्को कार्यकालयमा बुझाएका थिए भने पछिल्लो पटक प्रधानमन्त्री बनेको एक वर्षसम्म सम्पत्ति विवरण समेत सार्वजनिक नगरेका र नातिनीको विवाहमा करोडौँ करोड खर्च गर्ने रकम दाहालसँग कहाँबाट आयो भन्ने प्रश्न उठेपछि उनले सुशासनको नारालाई आफैँतिर फर्किने डरले पन्छाउन थालेका चर्चा चल्न थालेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports