२०८२ भाद्र २३ गतेको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गतेको विध्वसात्मक कार्यलाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

मन्त्री ज्वालाको राजिनामा कि बर्खास्त ?

1.07K
shares

 

काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहालले पुस १३ गते ललितपुरको बालकुमारीमा भएको हत्या प्रकरण लोकतन्त्र र गणतन्त्र विरुद्धको डिजाइन हुनसक्ने अभिव्यक्ति दिएर उक्त प्रकरणलाई अर्कौतिर मोड्ने प्रयास गरिरहेकै बेला प्रतिनिधिसभाको राज्य व्यवस्था समितिले २ जना युवकको ज्यानै जानेगरी भएको बालकुमारी घटना क्रममा श्रम तथा रोजगार तथा सामाजिक सुरक्षा र भौतिक पूर्वाधार तथा यातायात मन्त्री क्रमश शरतसिंह भण्डारी र प्रकाश ज्वाला माथि छानविन गर्न निर्देशन दिएको छ । राज्य व्यवस्था तथा सुशासन समितिको सोमबार (पुस १६) गते बसेको बैठकमा सांसदहरुले श्रम तथा रोजगार मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको असावधानिले गर्दा घटना भएको प्रश्न उठाएपछि समितिले छानविन गर्न निर्देशन दिएको हो ।
समितिले सम्बन्धित साना दर्जाका प्रहरी तथा कर्मचारीहरुलाई मात्र निलम्बन गरेर समस्याको समाधान हुन नसक्ने र काम गर्नेको मनोबल नगर्ने गरी न्योाचित समाधान गर्न सरकारलाई निर्देशन दिएको छ । समितिले त्यस प्रकरणमा जवाफ दिन गृृहमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल प्रहरीका महानिरीक्षक बसन्त बहादुर कुँवरलाई बोलाएको थियो । सो बैठकले नेकपा एमालेका सांसदले सो घटनाको जिम्मा लिँदै उपप्रधान तथा गृहमन्त्री श्रेष्ठले राजिनमा दिनुपर्ने माग गरेका थिए । सांसदहरुको प्रश्नको उत्तर दिँदै गृहमन्त्री श्रेष्ठले मृतकका परिवारलाई थप राहत दिने, एकजनालाई रोजगारी दिने र निधन भएका युवाहरुलाई सहिद घोषणा गर्ने बताएका थिए ।
सो घटना प्रकरणमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमाथि समेत छानविन आवश्यक रहेको छ । मन्त्री प्रकाश ज्वालाले पुस १३ गते भएको घटनामा अलग अलग बयान दिएका र आफूलाई त्यहाँ विरोध प्रदर्शन भै रहेको छ भने जानकारी समेत नभएको बताएर आफू निर्दोष रहेको बताएका भएपनि त्यसलाई पत्याउन सकिने आधार देखिँदैन । नेकपा एकीकृत समाजवादी पार्टीको अध्यक्ष माधव नेपालले आफ्नो पार्टीको नेतामाथि अनावश्यक आरोप लगाएको बताएर मन्त्री ज्वालालाई बचाउने प्रयास गर्नुको बदला सत्य तथ्य बाहिर ल्याएर निधन भएका २ युवाको आत्मको चीर शान्तिको लागि कामना गर्नुका लागि भएपनि मन्त्री ज्वालालाई राजिनामा गराउनु नै उपर्युक्त हुनेछ । गृहमन्त्री र प्रहरी महानिरीक्षकको भनाईलाई स्मरण गर्दै मन्त्री ज्वालाले तत्काल राजिनामा दिएर छानविन सहयोग गर्न उपयुक्त कदम हो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports