२०८२ भाद्र २३ गतेको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गतेको विध्वसात्मक कार्यलाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेबिसंघले माग्यो प्रधानमन्त्रीको राजीनामा

676
shares

आफ्नै पार्टी सम्मिलित सरकारको विरोध गर्दै काँग्रेस संस्थापन इतर खेमाका नेता शेखर कोइराला पक्षीय विद्यार्थीहरुले आज मध्यान्ह काठमाडौँमा मार्चपास गरेका हुन् । सो खेमाका विद्यार्थी नेता प्रेमिका रानाको नेतृत्वमा सडकमा ओर्लिएका काँग्रेसी विद्यार्थीहरुले कालिकास्थान, डिल्लीबजार, लोशे चोक हुँदै बालुवाटारस्थित भाटभटेनीसम्म मार्चपास गरेका थिए ।

त्यसक्रममा उनीहरुले ‘राजनीतिमुक्त विश्वविद्यालय, भ्रष्टाचारमुक्त समाज र सुशासनयुक्त सरकार हाम्रो सरोकार’, युवालाई छातीमा गोली होइन रोजगार दे !’ ‘काण्डै काण्डका नाइके र भ्रष्टाचारीलाई संरक्षण गर्ने प्रचण्ड सरकार राजीनामा दे !’ लेखिएका ब्यानर प्रदर्शन गरेका थिए ।

मुकुट, नेविसंघको झण्डा तथा प्लेकार्ड सहित भेला भएका नेविसंघका कार्यकर्ताले ’सरकार भारतीय हस्तक्षप बन्द गर’, ‘भारतसँग २० करोड खुल्ला लगानी सम्झौता किन?’, ’मर्ने गोली हैन बाँच्ने गोली दे’, ‘खुल्ला वैदेशिक रोजगार हस्तक्षेप बन्द गर’, ‘सुनकाण्डका नाईके कहाँ छन् सरकार’, ’भष्टाचार बन्द गर’ जस्ता नारा लगाएका थिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports