२०८२ भाद्र २३ गतेको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गतेको विध्वसात्मक कार्यलाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

न्यायपरिषद सदस्य श्रेष्ठ माथी हाम्रो विश्वास रहेन : नेपाल बार एसोसिएसन

637
shares

काठमाडौं । नेपाल बार एसोसिएसनले न्यायपरिषद् सदस्य रामप्रसाद श्रेष्ठप्रति ‘विश्वास नभएको’ निष्कर्ष निकालेको छ । छलफलका लागि डाकेको बैठकमा नआएपछि यस्तो निष्कर्ष निकालेको बारले जनाएको छ ।

‘नेपाल बार एसोसिएसनले सिफारिस गरेर पठाएको सदस्यप्रति विश्वास रहेन भन्ने हामीले निष्कर्ष निकालियो र त्यो निर्णय माइन्यूटमा लेखियो,’ नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले भने, ‘आफूलाई सिफारिस गरेको संस्थाले नै विश्वास छैन भनेपछि पदमा बसिरहने कि पदत्याग गर्ने ? त्यो उहाँको नैतिकताको विषय हो । हामीले जान्ने कुरा भएन ।’ न्यायपरिषद्का सदस्य श्रेष्ठको तीनवटा रवैयामाथि प्रश्न गरेर यो निष्कर्ष निकालिएको वरिष्ठ अधिवक्ता समेत रहेका बार अध्यक्ष घिमिरेले बताए ।

बारको दाबीमा, न्यायपरिषद् नियमावली संशोधनबाट उच्च अदालतका न्यायाधीशहरुको जेष्ठताक्रम तलमाथि गर्ने काम गैरसंवैधानिक थियो । त्यो काममा श्रेष्ठ साक्षी मात्रै नबसेर निर्णय प्रक्रियामा नै संलग्न भएकाले गम्भीर प्रश्न उठेको घिमिरेले बताए । अर्कोतर्फ पछिल्लोपटक भएको न्यायाधीश नियुक्तिमा मनोमानी निर्णय भएको र त्यसको आधार र कारण समेत दिन नसक्ने अवस्था भएकाले पनि बारले आफ्नो प्रतिनिधिमाथि प्रश्न उठाएको उनले बताए । बार अध्यक्ष घिमिरेले भने, ‘यही विषयमा छलफल गरौं भनेर बोलाउँदासमेत नआएपछि उहाँप्रति हाम्रो विश्वास रहेन भन्ने निष्कर्षका साथ निर्णय लेखेका हौं ।’

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports