२०८२ भाद्र २३ गतेको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गतेको विध्वसात्मक कार्यलाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा बुटवलको नीलकण्ठ बाबाधाम मन्दिरमामा पूजा

650
shares

बुटवल । दुई हप्तादेखि भैरहवामा आएर बसेका पूर्वराजा ज्ञानेन्द्र शाहले आज बुटवल उपमहानगरपालिका वार्ड ७ मा रहेको नीलकण्ठ बाबाधाम मन्दिरमा पूजा गरेका छन्। पुस १ गतेबाट सुरु भएको शिव शक्ति-११ अतिरुद्री महायज्ञमा आज पूर्व राजाले पूजा गरेका हुन्।

सो अवसरमा मन्दिर परिसरमा भेला भएका समर्थकहरूले ‘राजा आऊ, देश बचाऊ’ भन्ने नारा लगाएका थिए । पूवराजालाई मन्दिरका पुजारी तथा पदाधिकारीले स्वागत गरेका थिए। पुस ९ गते भैरहवामा परिवार सहित आएका पूर्वराजा यसअघि नवलपरासी बर्दघाट रहेको मन्दिरमा पनि पूजा गरेका थिए। उनलाई पुस १९ गते भैरहवामा नागरिक अभिनन्दन समेत गरिएको थियो । उनी कहिले काठमाडौँ जाने अझैसम्म सचिवालयले खुलाएको छैन।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports