२०८२ भाद्र २३ गतेको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गतेको विध्वसात्मक कार्यलाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सत्तारुढ तीन दलको बैठक बालुवाटारमा सुरु

793
shares

काठमाडौँ । सत्तारुढ तीन दलको बैठक बालुवाटारमा सुरु भएको छ । बैठकमा राष्ट्रियसभा निर्वाचनमा सत्तारुढ दलहरूबिच भागबन्डा टुङ्ग्याउने विषयमा छलफल हुनेछ ।

बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेताहरू सहभागी रहेका छन् । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले राष्ट्रिय सभा निर्वाचनको सन्दर्भमा पहिले तीन दलको बैठक बस्ने र फेरि पाँच बजे सत्तारुढ अन्य दल सहित बैठक बस्ने तय भएको जानकारी दिए ।

‘सकेसम्म आज नै भागबन्डाको विषय टुङ्ग्याउने हाम्रो तयारी छ,’ लेखकले रा भने । सत्तारुढ दलको शनिबार बिहान बसेको बैठकले राष्ट्रिय सभा निर्वाचनमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँगको सहकार्यको ढोका बन्द गर्ने निर्णय गरेको थियो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports