२०८२ भाद्र २३ गतेको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गतेको विध्वसात्मक कार्यलाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

राप्रपाले राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनसँग सहकार्यका लागि छलफल गर्ने

767
shares

काठमाडौँ । राप्रपाले राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनसँग सहकार्यका लागि छलफल गर्ने भएको छ । शनिबार पार्टी कार्यालयमा बसेको राप्रपा केन्द्रीय कार्यसम्पदन समितिको बैठकले राष्ट्रिय सभा निर्वाचनमा मिलेर जान सत्ता गठबन्धनसँग छलफल गर्ने निर्णय गरेको हो ।

यसबारे छलफल गर्न कार्यवाहक अध्यक्ष बुद्धिमान तामाङलाई जिम्मेवारी दिइएको छ । गठबन्धनले भाग नदिएमा आफ्नो ढङ्गले उम्मेदवारी दिने पनि बैठकमा निर्णय भएको एक नेताले बताए । तामाङले बैठकको म्यान्डेट अनुसार सत्ता गठबन्धनसँग संवाद गर्ने बताइएको छ । सहमति नभएमा अर्को बैठक बसेर उम्मेदवारीबारे पार्टीले ठोस निर्णय गर्ने बताइएको छ । आजको बैठकमा प्रदेशहरूमा प्राप्त उम्मेदवारीको सूचीबारे सामान्य छलफल पनि भएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports