२०८२ भाद्र २३ गतेको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गतेको विध्वसात्मक कार्यलाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

राष्ट्रिय सभा निर्वाचनबारे छलफल गर्न गठबन्धन दलको बैठक बिना निष्कर्ष टुंगियो

754
shares

काठमाडौँ । राष्ट्रिय सभा निर्वाचनबारे छलफल गर्न गठबन्धन दलको बैठक बिना निष्कर्ष टुंगिएको छ । शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसको बैठकमा भागबन्डाबारे प्रारम्भिक छलफल भए पनि निष्कर्षमा भने नपुगेको हो ।

बैठकमा राष्ट्रिय सभा निर्वाचनबारे सैद्धान्तिक विषयमा मात्र छलफल भएको राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले  बताइन् । उनले भनिन्, ‘प्रधानमन्त्रीज्यूले राष्ट्रिय सभा निर्वाचनमा सबैलाई समेटेर जाने सोच छ भन्नुभयो । तर, के कसरी समेट्ने भन्ने खाका प्रस्तुत भने भएन ।’ बैठकबाट साना दल बाहिरिए पनि शीर्ष दलका नेताहरु अझै छलफलमा रहेका छन् । गठबन्धन दलको बैठकअघि पनि शनिबार अपरान्ह गठबन्धनमा सहभागी शीर्ष तीन दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको छुट्टै बैठक बसेको थियो ।

यता लोसपाका नेता तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले आजको बैठकमा साना दलहरुले आ-आफ्नो माग सुनाएको  जानकारी दिए । उनका अनुसार लोसपाले राष्ट्रिय सभामा एक तथा जसपाले दुई सिटको दाबी प्रस्तुत गरेको छ । तीन दलको बैठकले आजकै भागबन्डाबारे टुंगो लगाएर आफूहरुलाई खबर गर्ने बताएको भण्डारीले जानकारी दिए । यसअघि बिहान बसेको गठबन्धनको बैठकले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग राष्ट्रिय सभा निर्वाचनमा सहकार्य गर्न नसकिने निष्कर्ष निकालेको थियो । योसँगै राष्ट्रिय सभामा रिक्त रहेका सिटहरू गठबन्धन दलहरूबिच नै भागबन्डा गर्ने निर्णय भएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports