नेपाल मुस्लिम इत्तेहाद संगठनको बागमती प्रदेश अध्यक्षमा मकवानपुरका महम्मद समिम निर्विरोध निर्वाचित
वि.सं.२०८० पुस २९ आइतवार १०:४८
shares

हेटौँडा । नेपाल मुस्लिम इत्तेहाद संगठनको बागमती प्रदेश अध्यक्षमा मकवानपुरका महम्मद समिम निर्विरोध निर्वाचित भएका छन् । बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री डोरमणि पौडेल आतिथ्यमा हेटौँडामा सम्पन्न प्रथम अधिवेशनबाट समिमको अध्यक्षतामा ११ सदस्यीय प्रदेश कमिटी गठन भएको हो ।
संगठनको उपाध्यक्षमा निसारुद्दिन मिया र मजित सिद्धिकी, सचिवमा काठमाडौँका रहिमुद्दिन मिया तथा सह-सचिवमा जुबेर मिया चयन भएको प्रचार प्रसार समितिका संयोजक क्यामुद्दिन पठान जानकारी दिए । अधिवेशनमा ६८ जना प्रतिनिधिहरू सहभागी रहेका थिए । कार्यक्रममा प्रमुख अतिथि नेकपा एमालेका केन्द्रीय सदस्य, नेपाल मुस्लिम इत्तेहाद संगठनका केन्द्रीय अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य सेराज अहमद फरूकी रहेका थिए ।





































