सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

ग्लोवल आईएमई बैंकद्वारा इलाममा निशुल्क स्वास्थ्य शिविर सञ्चालन

416
shares

ग्लोबल आईएमई बैंक लिमिटेडले आफ्नो १७औं वार्षिकोत्सवको अवसरमा कोशी प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । इलामको इलाम नगरपालिका वडा नम्बर ४ स्थित मलाटे आधारभूत स्वास्थ्य चौकीमा शनिवार भएको शिविरमा १६० भन्दा बढी महिलाहरूको स्वास्थ्य चेकजाँच गरिएको थियो ।​

बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत गरिएको शिविरमा स्थानीय महिलाहरू प्रत्यक्षरुपमा लाभान्वित भएका बैंकले जनाएको छ । नेपाल परिवार नियोजन संघसँगको सहकार्यमा सञ्चालित उक्त शिविरमा स्त्रीरोग विज्ञहरूले स्त्रीरोगसम्बन्धी विभिन्न सेवाहरू निःशुल्क रुपमा उपलब्ध गराएका बैंकले जनाएको छ ।​ बैंकका अनुसार प्रत्येक शिविरबाट पाठेघरको क्यान्सरको प्रारम्भिक लक्षण पत्ता लागेका र पाठेघरको क्यान्सरको गम्भीर बिरामी पहिचान गरेको छ, जसलाई स्वस्थ नारी पहल कार्यक्रमको दोस्रो चरणमा शल्यक्रिया गरी उपचार गर्नेछ ।

यससँगै ग्लोबल आईएमई बैंक लिमिटेडले १७औं वार्षिकत्सवको अवसरमा सम्पूर्ण प्रदेशहरूमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरी १ हजार २५० भन्दा बढी महिलाहरूको स्वास्थ्य चेकजाँच सेवा उपलब्ध गराएको हो । ग्लोबल आईएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो तथा वित्तीय सूचकअनुसार मुलुककै सबैभन्दा ठूलो बैंक वाणिज्य बैंक हो । देशका ७७ वटै जिल्ला तथा तीन अन्तर्राष्ट्रिय सम्पर्क/वैदेशिक प्रतिनिधि कार्यालयसहित १ हजार। १०० भन्दा बढी सेवा केन्द्रबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

ग्लोबल आईएमई बैंकलाई सबैका लागि बैंक बनाउँदै विभिन्न सेवा तथा सुविधासहितका योजना मार्फत आफ्ना ४६ लाख भन्दा बढी ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरी लाभान्वित गरिरहेको छ ।​ त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्‍याउँदै आइरहेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports