सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपाल दूरसञ्चार कम्पनीले ४० प्रतिशत लाभांश बितरण गर्ने

377
shares

नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । राष्ट्रिय सभा गृह काठमाडौंमा आइतवार सम्पन्न साधारण सभाले नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ । आर्थिक वर्ष २०७९/८० को मुनाफा रकम मध्येबाट प्रतिशेयर ४० रुपैयाँका दरले शेयरधनीहरूलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिएको कम्पनीले जनाएको छ ।

साधारण सभामा करिब ९२ प्रतिशत शेयरको प्रतिनिधित्व गर्ने शेयरधनीहरूको उपस्थिति रहेको थियो । यस्तै, सभाले आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदनसहित २०८० असार मसान्तको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा अन्य अनुसूचीमाथि छलफल गरी सर्वसम्मतले पारित गरेको छ ।​

यसैगरी साधारणसभाले महालेखा परीक्षकको कार्यालयको परामर्श तथा कम्पनीको लेखापरीक्षण समितिको सिफारिश बमोजिम आव २०८०/८१ को लागि कम्पनीको लेखा परीक्षण गर्न चार्टर्ड एकाउन्टेन्टद्वय नरेन्द्र भट्टराई र महेशकुमार गुरागाईलाई लेखापरीक्षक नियुक्त गरेको छ ।

यस्तै, उनीहरूको पारिश्रमिक समेत निर्धारण गरिएको कम्पनीले जनाएको छ ।​ त्यसैगरी सञ्चालक समितिमा सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने एक जना सञ्चालकको रुपमा मनिषजङ्ग जोशी निर्विरोध निर्वाचित भएका छन् । सो अवसरमा कम्पनी सञ्चालक समितिका अध्यक्ष एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले साधारण सभामा उपस्थित शेयरधनीहरूलाई स्वागत गर्दै कम्पनीको १६ औं वार्षिक प्रतिवेदन पेश गरेका थिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports