सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

बुटवल पावर कम्पनीले एफपीओ जारी गर्ने

572
shares

काठमाडौं । बुटवल पावर कम्पनीले फेरि एफपीओ जारी गर्ने भएको छ । कम्पनीको हालै सम्पन्न साधारणसभाले १ करोड कित्ता सेयर पुनः निष्कासन गर्ने प्रस्ताव पारित गरेको हो ।

प्रचलित ऐन नियम बमोजिम प्रिमियम मूल्य थप गर्दै थप सार्वजनिक निष्कासन गर्ने र सो प्रयोजनाका लागि हालको जारी पूँजी ३ अर्ब ४० करोड ९० लाख ६४ हजार ६०० लाई बढाएर ४ अर्ब ४० करोड ९० लाख ६४ हजार ६ सय पुर्‍याउने प्रस्ताव साधारणसभाले पारित गरेको हो । प्रिमियम मूल्य भने पछि सञ्चालक समितिले निर्णय गर्नेछ ।

बुटवल पावरले यसअघि पनि महँगो मूल्यमा एफपीओ जारी गरेको थियो । १५ माघ २०७४ मा कम्पनीले प्रतिकित्ता ४०१ रुपैयाँ प्रिमियम थप गर्दै ५०१ रुपैयाँका दरले ४० लाख ८१ हजार कित्ता एफपीओ जारी गरेको थियो । आइतबार बजार बन्द हुँदा कम्पनीको मूल्य प्रतिकित्ता ३१० रुपैयाँ छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports