२०८२ भाद्र २३ गतेको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गतेको विध्वसात्मक कार्यलाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

बुढीगण्डकीको बाढीले गोरखामा व्यापक क्षति

182
shares

काठमाडौं । गोरखामा पर्ने बूढीगण्डकी नदीमा आएको बाढीले व्यापक भौतिक क्षति पुर्‍याएको छ । कालो लेदोसहितको बाढीले पक्की पुल, झोलुङ्गे पुल, घर बजारहरुमा क्षति पुर्‍याएको छ ।

बाढीले पुर्‍याएको क्षतिको पूर्णविवरण आउने क्रम जारी रहेको छ । प्रारम्भिक विवरण अनुसार धार्चे गाउँपालिका-५, माछीखोलाबाट केरौजा जोड्ने झोलुङ्गे पुल बगाएको छ । धार्चे-५, माछीखोलास्थित तल्लो बस्तीमा बाढी पसेको छ ।आरुघाट-२ र ३ जोड्ने सोतीमा रहेको फलामे पक्की पुल बगाएको छ भने चुमनुब्री-३, सल्लेरी स्थित निर्माणाधीन सहज ऊर्जा पावरहाउस र वरपर रहेका ७र८ वटा घरहरू बगाएको छ ।

आरुघाट-९, नयाँपुलस्थित आरुघाटबाट धादिङ जोड्ने पक्की पुल तीन भाग रहेकोमा गोरखा तर्फको एक भाग बगेर बाटो पूर्णरुपमा अवरुद्ध भएको छ । साथै धार्चे-३, सल्लेरीस्थित २०/२२ घरहरू जोखिममा रहेको छ । सरकारले प्रभावित क्षेत्रमा नेपाली सेनाको हेलिकप्टर परिचालन गरिएको छ । नेपाल प्रहरी पनि परिचालन भएको छ ।

प्रहरीले विभिन्न स्थानमा बस्ती खाली गराउने र स्थानीयलाई सुरक्षित स्थानमा सार्ने काम गरिरहेको छ । बाढीको प्रभाव गोर्खा, धादिङ, तनहुँ, मुग्लिन हुँदै चितवनसम्म पर्न सक्ने देखिएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports