विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिको बैठक आज बस्दै

442
shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिको बैठक आज बस्ने भएको छ । पार्टीको आर्थिक र प्रशासनिक नियमावली, विभागीय नियमावली, विभागहरूको कार्यप्रगति विवरण लगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको महामन्त्री मुकुल ढकालले बताए ।

केन्द्रीय कार्यालयमा बस्ने बैठकमा पार्टीले गर्न लागेको विकास आयोजनामा पदयात्राका विषयमा पनि छलफल हुनेछ । रास्वपाले २१ विकास आयोजनामा पदयात्रा गर्ने तयारी गरिरहेको छ । विकास निर्माणका कार्यमा सरकारलाई दबाब दिन पदयात्रा गर्न लागिएको नेताहरूले बताएका छन् ।

‘पदयात्रा गर्ने भन्ने छ । कुन कुन आयोजनामा गर्ने र नेताहरू को कता खटिने भन्ने चयन गर्नुपर्नेछ,’ महामन्त्री ढकालले भने । यसअघि सभापति रवि लामिछानेले नारायणगढदेखि बुटवलसम्मको ११३ किलोमिटर सडकमा पैदल यात्रा गरेका थिए ।सो पैदल यात्राबाट जनतासँगको राम्रो सम्बन्ध र सम्पर्क बनेको भन्दै रास्वपाले थप पैदल यात्राहरू गर्न लागेको हो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports