विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

संघीय संसदको अधिबेशन माघ १८ गते बोलाउने सरकारको तयारी

494
shares

काठमाडौं । सरकारले संघीय संसदको अधिवेशन माघ तेस्रो साता बोलाउने तयारी गरेको छ । मंगलबार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ सभामुख देवराज घिमिरेलाई भेट्न सिंहदरवारस्थित उनकै कार्यकक्षमा पुगेका थिए ।

दिउँसो झण्डै एक घण्टा भएको भेटमा संसद अधिवेशनको मिति, विधेयकहरुको अवस्था र संसदीय क्यालेन्डरको विषयमा छलफल भएको संघीय संसद सचिवालयले जनाएको छ । मन्त्री गुरुङले माघ १८ गते अधिवेशन बोलाउने सरकारको तयारी रहेको सभामुखलाई जानकारी गराए । साथै, केही विधेयकहरु संसदमा दर्ता हुने प्रक्रियामा रहेको पनि मन्त्री गुरुङले बताएका थिए ।

सभामुख घिमिरेले संसदीय क्यालेण्डर बनाएर संसद चलाउने आफूहरुको तयारी रहेको र त्यसमा सहयोग हुने गरी सरकारको भूमिकाको अपेक्षा गरेको बताएका संसद सचिवालयका एक अधिकारीले बताए । सभामुख घिमिरेले सातामा ३ दिन प्रतिनिधि सभाको बैठक चलाउने र बाँकी ३ दिन संसदीय समितिको बैठकका लागि समय छुट्याउने गरी तालिका प्रस्ताव गरेका छन् । कुन दिन बैठक राख्ने भन्ने तय गर्न सके सकारात्मक परिणाम लिन सक्ने सभामुखको अपेक्षा छ । तर, सातामा तीन दिन विधेयक माथिको छलफल हुनका लागि बिजनेस अभाव हुन सक्नेतर्फ उनले सरकारको ध्यानाकर्षण गराएका छन् ।

जवाफमा कानुनमन्त्री गुरुङले संसदमा विचाराधीन विधेयकहरु सरकारको उच्च प्राथमिकतामा रहेको र अगाडि बढाउन सभामुखको भूमिकाको अपेक्षा गरेको बताएका छन् । प्रतिनिधि सभामा दर्ता भएका १० वटा विधेयक प्रक्रियामा छन् । राष्ट्रिय सभाबाट पारित भएर आएका विधेयकहरु पनि रहेका छन् । सरकारले नीति तथा कार्यक्रम फागुनमै संसदमा पेश गर्ने भनेको र त्यसका लागि समेत ख्याल गरेर क्यालेन्डर बनाउन सभामुखलाई कानुनमन्त्री गुरुङले सुझाव दिएका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports