linktrix Long Ad
Salt Trading Long Ad

नयाँ बानेश्वरमा सडक भासिएर बस नै फस्यो

676
shares

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वर चोकको सडकमा गुडिरहेको बस भासिएको छ । बानेश्वर चोकनजिकै एभरेष्ट बैंक अगाडिको सडकमा भक्तपुरतर्फबाट रत्नपार्कतर्फ जाँदै गरेको बा ३ ख ३७६२ नम्बरको बस गुडिरहेको बेला भासिएको हो ।

सर्भिस लेनतर्फको सडक भासिएर चक्का फसेपछि बस कोल्टे परेको छ । लगत्तै यात्रुहरु बाहिर निस्किएका थिए । नजिकै रहेका ट्राफिक प्रहरीहरु आएर बसलाई त्यहाँबाट हटाउन समन्वय गरिरहेका छन् । यसअघि २०७८ साल कात्तिक महिनामा पनि बानेश्वर चोक नजिकै सिभिल अस्पताल अगाडिको सडक भासिएर ठूलो खाल्डो परेको थियो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports