पूर्व प्रधानमन्त्री ओलीको पुस्तक पूर्व राष्ट्रपति भण्डारीले बिमोचन गर्ने
वि.सं.२०८० माघ १२ शुक्रवार १७:२४
shares

सभ्यता अन्वेषण केन्द्रले प्रकाशन गरेको ‘संसदमा केपी शर्मा ओली’ नामको ग्रन्थ सार्वजनिक गर्ने तयारी गरिएको छ ।
आगामी मंगलबार शहीद दिवसका दिन एक समारोह बीच पूर्वराष्ट्रपति तथा पूर्वएमाले उपाध्यक्ष विद्यादेवी भण्डारीबाट पुस्तक लोकार्पण गर्न लागिएको हो । त्यसदिन मध्यान्ह साढे १२ बजे नेपाल प्रज्ञा–प्रतिष्ठानको सिद्धिचरण सभाकक्षमा पुस्तक विमोचन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।
एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले संसदमा गरेका भाषणहरुलाई संग्रहित गरेर पुस्तक प्रकाशन गरिएको बताइएको छ ।






































