linktrix Long Ad
Salt Trading Long Ad

संघीयता कार्यान्वयनको चरणमा तीनै तहका सरकार गम्भीर हुन पर्छ : सभामुख देवराज घिमिरे

988
shares

काठमाडौँ । संघीय संसद्का सभामुख देवराज घिमिरेले संघीयतालाई सही ढंगबाट कार्यान्वयन गर्न सकेको खण्डमा मुलुकको समृद्धि सम्भव रहेको बताएका छन् । मकवानपुरको भीमफेदी गाउँपालिकाले आयोजना गरेको अनौपचारिक क्षेत्रका श्रमिकहरुको सामाजिक सुरक्षा योजनाको शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घिमिरेले संघीयता कार्यान्वयनको चरणमा तीनै तहका सरकार गम्भीर भएर अघि बढ्नुपर्ने बताए ।

उनले नागरिकको हक अधिकार र सेवा प्रवाहका विषयमा सही ढंगबाट काम गर्न कुनै पनि कानुनले बाधा नपर्ने बताए । सही नियतले प्रभावकारी योजना बनाएर कार्यान्वयनका अघि बढ्न सके ऐन कानुनले काम गर्न नरोक्ने उनको भनाई छ । तीनै तहका सरकारले उचित योजनासहित नागरिकको पक्षमा काम गरेको खण्डमा समाजवाद निर्माणमा बलियो आधार तयार हुने सभामुख घिमिरेले बताए । उनले श्रमिक र पछाडि पारिएका आम नागरिकको हितका लागि ल्याइएको योजनाहरु प्रभावकारी रुपमा कार्यान्वयन गर्दै अघि बढ्नुपर्ने बताए । योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयनमा राज्यका अंगहरु जिम्मेवार भएर अघि बढ्न उनले आग्रह गरे । कानुनको कर्तव्य बोध भएपनि विविध कारणहरुले रोजगारदाता संस्थाहरु कोषमा आबद्ध नभएको उनले बताए ।

सभामुख घिमिरेका अनुसार सामाजिक सुरक्षा कोषका विषयमा श्रमिक र रोजगारदाता संस्थाहरु जानकारी गराएर आबद्ध गराउनुपर्छ । कोषमा हालसम्म ५१ अर्ब २९ करोड रुपैयाँ संकलन भएको उनले बताए । राज्यले कमजोर नागरिकहरुलाई आथिर्क सहायता दिन र सामाजिक सुरक्षा प्रदान गर्न उक्त योजना ल्याएको उनको भनाई छ । कोषले श्रमिकहरुको जीवनलाई सार्थक बनाउन र आवश्यक सेवा सुविधा उपलब्ध गराउन फलदायी रहेको उनले बताए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports