kumari
stcnepal

भारतीय प्रधानमन्त्री मोदी नेपाल आउँने

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउनेहुनु भएको छ ।

मोदीको नेपाल भ्रमणबारे सरकारी तहमा गोप्य तयारी चलिरहेको बताइएको छ । मोदी यही फेब्रुअरीको अन्तिम साता वा मार्च महिनाको पहिलो सातासम्म नेपाल भ्रमणमा आउनुहुने सम्भावना रहेको बताइएको छ । मोदीको भ्रमणलाई लक्षित गर्दै भारतीय सुरक्षाकर्मीको एक टोली नेपाल आएर फर्किएको समेत बताइएको छ । भारतबाट सुरक्षा निकायको दुई दर्जनको टोली काठमाडौं आएर रेकी गरेर बिहीबार साँझ दिल्ली फर्केको हो ।

यसपटकको मोदीको भ्रमण राजनीतिक भन्दा पनि धार्मिक हुने बताइएको छ । उहाँ भारतमा लोकसभाको चुनाव हुनुभन्दा पहिला पशुपनिनाथको दर्शन गर्न नेपाल आउन लाग्नु भएको हो । भारतमा आगामी मे मा लोकसभाको निर्वाचन हुँदैछ ।

footer