linktrix Long Ad
Salt Trading Long Ad

गृहमन्त्री नारायणकाजी श्रेष्ठ उद्योगी अरुण चौधरी पक्राउ परेकोमा उद्योगीहरूले पत्रकार सम्मेलन गरेकोमा असन्तुष्ट

663
shares

काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले उद्योगी अरुण चौधरी पक्राउ परेकोमा उद्योगीहरूले पत्रकार सम्मेलन गरेकोमा असन्तुष्टि जनाएका छन् । गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई शुक्रबार पोखरामा सम्बोधन गर्दै उनले असन्तुष्टि जनाएका हुन् ।

बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा हडपेको आरोपमा सिजि होल्डिङ्सका अध्यक्ष एवं प्रबन्ध निर्देशक चौधरीलाई प्रहरी अनुसन्धान ब्यूरोले बिहीबार पक्राउ गरेको थियो । उनलाई पक्राउ गरेकोमा आपत्ति जनाउँदै नेपाल उद्योग परिसंघले पत्रकार सम्मेलन गरी सरकारको विरोध जनाएको थियो । पत्रकार सम्मेलनप्रति असन्तुष्ट जनाउँदै गृहमन्त्री श्रेष्ठले अपराध, ठगी र लुटमा कसैलाई पनि छुन नदिने बताएका हुन् । उनले आफ्ना कर्तव्य निर्वाह गर्दा माथिल्लो हस्तक्षेप नसहन सुरक्षा निकायलाई अपिल गरेका छन् ।

‘अपराध, ठगी, लुट र जालसाजीमा कसैलाई पनि छुट दिन सकिँदैन । कुनै पक्राउ पर्नासाथ दबाब भइरहे देशले पनि छुन दिन सक्दैन । आफ्ना कर्तव्य निर्वाह गर्दा कुनै पनि हस्तक्षेप नसहन म सुरक्षा निकायलाई अपिल गर्छु’, उनले भने, ‘अपराध, ठगी, जालसाजी र लुटमा पक्राउ परेपछि राज्यका उच्च निकायमा दबाब दिने, नेता तथा प्रभावशाली व्यक्तिलाई भनसुन गर्ने प्रवृत्ति देखा परेको छ । कर्मचारी पक्राउ पर्दा संगठनले दबाब दिने, व्यवसायी पक्राउ पर्दा निजी क्षेत्रले पत्रकार सम्मेलन गरी दबाब दिने प्रवृत्ति हाबी भएको छ । अपराधी कसैलाई पनि छुट दिइने छैन ।’ वित्तीय अपराधका कारण नागरिकहरू बेघरबार भएकातर्फ चिन्ता व्यक्त गर्दै उनले वित्तीय अपराध नियन्त्रण गर्न कडाइका साथ उत्रिने उनले बताए ।

यस्तै सहकारीबाट हुने ठगी नियन्त्रण गर्न सरकारले ऐन बनाउने, नियमनकारी निकाय गठन गर्ने, बचत तथा सुरक्षण कोष बनाउने, सहकारी विभागमा परेका उजुरीमाथि छानबिन गर्न तत्काल सुरक्षा निकायमा पठाउने गरी सरकारले निर्णय गरेको श्रेष्ठले जानकारी दिए । उनले सहकारीको नाममा ठगहरू देखा परेको भन्दै त्यसविरुद्ध सरकारले कडाइ गर्ने बताए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports