linktrix Long Ad
Salt Trading Long Ad

भ्रष्टाचारी भिआइपी हुँदैन, कांग्रेसले समात्ने मन्त्र यही हो : गगन थापा

1.12K
shares

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भ्रष्टाचारी र ठग भीआईपी नहुने टिप्पणी गरेका छन् । पार्टीको काठमाडौँ जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले कानुन सबैका लागि बराबर हुनुपर्ने बताए ।

‘दोषी जोसुकै होस् उम्कन हुन्न। निर्दोष जोसुकै होस् पर्न हुन्न। कानुन सबका लागि बराबर हुनुपर्छ,’ महामन्त्री थापाले भने, ‘सर्वसाधारण नागरिकले सार्वजनिक सम्पत्ति लुटेर लियो भने उसलाई के हुन्छ, दण्ड हुन्छ। सहकारी ठगे दण्ड हुन्छ। सामान्य कर्मचारीले ढुकुटीबाट राज्यलाई भार लगायो भने दण्ड हुन्छ। भ्रष्टाचारी भिआइपी हुँदैन, कांग्रेसले समात्ने मन्त्र यही हो।’ कानुनको शासन मान्ने कांग्रेसले व्यवहारमा पनि लागू गर्नुपर्ने उनको भनाइ छ । वीरगन्जका मेयर राजेशमान सिंहले छोरीका नाममा नक्कली कागज खडा गरी नागरिकता बनाए पनि शक्तिको आडमा सजाय नभएको महामन्त्री थापाले बताए । ‘एउटा व्यक्तिले छोरीका नाममा नागरिकता दिएको छ। ऊ शक्तिमा छ। राज्यले सजाय दिऊँ कि नदिऊँ भनेर अलमलिएको छ,’ उनले भने, ‘तपाईं सामान्य नागरिक भए राज्यले दण्ड गरिसक्थ्यो।’

नक्कली कागज बनाएर नागरिकता बनाउनेलाई पाता कसेर लैजानुपर्ने उनले बताए । ‘नक्कली कागज बनाएर कसैले नागरिकता बनाउँदा नागरिकलाई भए पाता कसेर लैजान्छ भने शक्तिशालीलाई पनि त्यसैगरी पाता कसेर लैजानुपर्छ। अनि बल्ल यो विधिको शासन हुन्छ,’ थापाले भने । कांग्रेसले अहिले देखिएको अलमलबाट देशलाई बाहिर निकाल्नुपर्ने महामन्त्री थापाले बताए । उनले संघदेखि स्थानीय तहसम्म कांग्रेसले सरकारको नेतृत्व गरिरहेकाले गल्ती गर्ने छुट नभएको औँल्याए । ‘सबै ठाउँमा स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि र पार्टीका बिचमा समन्वयको अभाव छ । त्यो समस्यालाई हामीले हल गर्नुपर्छ ।’

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports