linktrix Long Ad
Salt Trading Long Ad

माओवादी केन्द्रका नेताहरुको पार्टीको विधानमा समाजवादी विचारधारा अभिव्यक्त हुनुपर्नेमा जोड

663
shares

काठमाडौँ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का नेताहरुले पार्टीको विधानमा समाजवादी विचारधारा अभिव्यक्त हुनुपर्नेमा जोड दिएका छन् ।शुक्रबार पार्टीको स्थायी कमिटी बैठकमा बोल्दै माओवादी केन्द्रका नेताहरुले संविधानमा नै समाजवादउन्मुख राज्यव्यवस्थाको उल्लेख गरिएको भन्दै पार्टीको विधानमा पनि समाजवादी विचारधारा अभिव्यक्त हुनुपर्ने धारणा राखेका हुन् ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रवक्ता अग्निप्रसाद सापकोटाले पार्टीको विधान समाजवादी मूल्य, मान्यता र आदर्श स्थापित हुनेगरी बनाउनुपर्नेमा नेताहरुले जोड दिएका बताए । त्यस्तै, केन्द्रीय समिति १५१ सदस्यीय बनाउनेगरी छलफल भएको पनि उनले जानकारी दिए । उनले भने,‘ छलफलको सारमा के छ भन्दाखेरी जसरी हाम्रो संविधानमा प्रस्तावनामा लोकतन्त्रमा आधारित समाजवाद भनेको छ र प्रारम्भमा समाजवाद उन्मुख राज्यव्यवस्था भनेको छ, त्यसैगरी हाम्रो विधानमा पनि समाजवादउन्मुख राज्य व्यवस्था भनेर संविधानमा जसरी उल्लेख गरेको छ, विधानमा पनि समाजवादी मूल्य, मान्यता, आदर्श स्थापित हुनेगरी, समाजवादी विचारधारा अभिव्यक्त हुनेगरी लेख्नुपर्छ भन्ने छ । अर्को, छलफलको महत्त्वपूर्ण विषय के छ भने हाम्रो कमिटीहरु ठूला छ ती कमिटीहरु चुस्त, दुरुस्त हुनुपर्छ भनिएको छ । केन्द्रीय समिति १५१ को हुनुपर्छ भन्ने सामान्य छलफल चलिरहेको छ । फेरि यी सबै कुराको अन्तिम निष्कर्ष त विधान सम्मेलनमै गएर हुन्छ ।’

बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विधान अधिवेशन, विधान र केन्द्रीय कमिटी बैठकको व्यवस्थापनको सम्बन्धमा ब्रिफिङ गरेको प्रवक्ता सापकोटाले जानकारी दिए । त्यस्तै, शान्ति प्रक्रियालाई टुंग्याउनका लागि दलहरुका बिचमा घनिभूत रुपमा छलफल भइरहेको पनि अध्यक्ष प्रचण्डले बताएको उनको भनाई छ । शुक्रवारको बैठकमा विधान मस्यौदा कार्यदलको संयोजक उपाध्यक्ष पम्फा भुसाल, महासचिव देव गुरुङ, उपमहासचिवहरु जनार्दन शर्मा, गिरिराजमणि पोखरेल र वर्षमान पुनले आफ्नो भनाइ राखेको उनले जानकारी दिए । त्यस्तै सचिवहरु गणेश साह र राम कार्की तथा स्थायी कमिटी सदस्य शशी श्रेष्ठले पनि बैठकमा धारणा राखेको उनले बताए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports