kumari
stcnepal

दुई पक्षको विवादले विराटनगर स्थित रानीमा तनाव सिर्जना

विराटनगर । दुई पक्षको विवादले विराटनगर–१५ स्थित रानीमा तनाव सिर्जना भएको छ ।

प्रहरीका अनुसार एक समूहले निकालेको र्‍यालीलाई अर्को समूहले अवरोधको प्रयास गरेको थियो । अवरोधपछि तनाव सिर्जना भएको मोरङका प्रहरी प्रमुख एसपी नवराज कार्कीले बताए । उनका अनुसार भीड नियन्त्रणका लागि प्रहरीले केही सेल अश्रुग्यास तथा हवाई फायर गरेको छ ।

स्थानीयबासीका अनुसार विराटनगरको वडा नम्बर १५ र १७ को बीचमा एउटा समूहले र्‍यालीलाई अवरोध गरेपछि विवाद बढेको थियो । अहिले रानी क्षेत्रमा प्रहरीको बाक्लो उपस्थिति छ । स्थिति नियन्त्रणमा लिनका लागि प्रहरीले बल प्रयोग गरेर दुवै समूहलाई तितरबितर पारेको मोरङ प्रहरी उपरीक्षक कार्कीले बताए । उनका अनुसार दुवै समूह तितरबितर भएपछि अहिले अवस्था सामान्य हुँदै गएको छ ।

footer