विकल पौडेललाई साढे २५ करोड जरिवाना र २ बर्षको जेल सजायँ तोकियो
वि.सं.२०८१ जेठ ९ बुधवार ०६:४७
shares

काठमाडौं । विशेष अदालतले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा भ्रष्टाचार भएको ठहर गरेको छ । अख्तियारद्वारा दायर मुद्दामा फैसला सुनाउँदै सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेललाई २ वर्ष कैद सजाय सुनाएको छ ।
उक्त मुद्दामा नवीनकुमार ६ महिना कैद र ५ करोड ८४ लाखभन्दा बढी जरिवाना तोकिएको छ । रोहितमान प्रधानलाई पनि ५ करोड ८४ लाख बढी विगो असुल गर्नुपर्ने फैसला गरिएको छ । विशेष अदालतले परामर्शदाता भुवन महर्जनबाट ५ करोड ७९ लाख ६२ हजार १३५ रूपैयाँ जरिवाना तोकेको छ । प्रतिवादी बनाइएका रमेशप्रसाद पोखरेल, मनिकमान महर्जन, शिरिष उपाध्याय, रामबहादुर बुढा र मीनलाल गुरौंलाई सफाइ दिइएको छ ।






































