kumari
stcnepal

प्रभु बैकका ग्राहकलाई होटल सरोवर र किङ्ग्स लाउन्ज पोखरामा विशेष सुविधा सम्बन्धी सम्झौता

पोखरा । पर्यटकीय सदरमुकाम पोखराको लेकसाइडमा अवस्थित होटल सरोवर प्रालि र किङ्गस लाउन्ज पोखरामा प्रभु बैंक लिमिटेडले आफ्ना कर्मचारी तथा ग्राहकवर्गहरु लक्षित गरी उपलब्ध सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ । मंगलबार छुट्टाछुट्टै समारोहकाबीच होटल सरोवरको तर्फबाट मुख्य प्रबन्धक प्रतिक पहारी, किङ्गस लाउन्ज पोखराको तर्फबाट सञ्चालन प्रबन्धक अजय नकर्मी र प्रभु बैंक लिमिटेडका तर्फबाट प्रमुख प्रदेश अधिकृत गण्डकी प्रदेश राजु राना मगरले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गर्नुभएको छ ।

सम्झौता अनुसार प्रभु बैंकका ग्राहकवर्ग, कार्ड प्रयोगकर्ताहरु, कर्मचारी तथा कर्मचारी का परिवारजनले होटल सरोवरमा उपलब्ध सेवाहरु जस्तै आवास, खाना, मनोरञ्जन सभाहल र पौडीलगायतका सेवाहरुमा विशेस छुट प्राप्त गर्न सक्नेछन् भने किङ्गस लाउन्ज पोखरामा उपलब्ध सेवाहरु जस्तै खाना, खाजा, तथा मनोरञ्जन सुविधामा विशेष छुट प्राप्त गर्न सक्नेछन् । साथै प्रभु बैंकका कर्मचारी तथा ग्राहकहरुले आफ्नो बैंकसँगको आवद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सक्नेछन् ।

नेपालको पर्यटन क्षेत्रमा लामो समयदेखि निरन्तर रुपमा लागि राख्नु भएको प्रा.डा. भरत पहारीले सञ्चालन गर्नुभएको होटल सरोवर पोखराको लेकसाइडमा एकै छानामुनी अत्याधुनिक सेवा तथा सुविधाहरु उपलब्ध गराउँदै आउनुभएको छ भने किङ्गस लाउन्ज पोखरा युवा तथा संगीतपे्रमी लक्षित होटल तथा रेष्टुरेण्टको रुपमा बहुचर्चित छ । ग्राहकहरुको रोजाइको अग्रणी बैंकको रुपमा रहेको प्रभु बैंक हालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित बैंक हो । नेपालभर ३०२ शाखा कार्यलयहरु, २८५ एटिएम, साथै ७० भन्दा बढी एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गरिरहेको बैंकको ३१ लाख भन्दा बढी ग्राहकहरु छन् ।

footer