२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनलाई हाइज्याक गर्नेहरुले नै भाद्र २४...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कैलाश सिरोहियालाई पुनः तीन दिनको म्याद थप

689
shares

वीरगन्ज । जिल्ला अदालत धनुषाले प्रहरी हिरासतमा रहेका कैलाश सिरोहियालाई पुनः तीन दिनको म्याद थप गरेको छ ।

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाको तर्फबाट शुक्रबार ७ जना वरिष्ठ अधिवक्ताहरूले बहस गरेका थिए । सिरोहिया पक्षका अधिवक्ताहरुको बहस सकेपछि जिल्ला अदालतका न्यायाधीश रोमाकान्त ज्ञवालीको इजलासले दोस्रो पटक तीन दिनको म्याद थप गरेको हो ।

जिल्ला सरकारी वकिलको कार्यालयले सिरोहियालाई ५ दिनको म्याद थप गर्न सिफारिस गरेकोमा न्यायाधीश ज्ञवालीको इजलासले दोस्रो पटक ३ दिनको म्याद थप गरेको अदालतका श्रेस्तेदार कैलाश प्रसाद भट्टराइले जानकारी दिए । अनुसन्धान नसकिएको भन्दै प्रहरीले म्याद थपको अनुमति मागेपछि दोस्रो पटक म्याद थप भएको हो । किर्ते नागरिकता प्रकरणमा सिरोहिया माथि अनुसन्धान चलिरहेको छ । दोहोरो नागरिकता लिएको भन्दै प्रहरीमा उजुरी परेपछि उनीमाथि अनुसन्धान सुरु गरिएको हो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports