२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनलाई हाइज्याक गर्नेहरुले नै भाद्र २४...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

जापानसँगको खेलमा बर्षा बाधक, नेपाल समूह विजेता

351
shares

काठमाडौं । एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र घरेलु टोली जापानविरुद्वको खेल वर्षाका कारण बिनानतिजा सकिएको छ ।कोरोगी एथलेटिक पार्कमा शनिबारका लागि तय खेलको दोस्रो इनिङमा हुन सकेन ।

खेल रद्द भएसँगै दुवै टोलीले एक/एक अंक बाँडेका छन् । त्यसअघि, टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित १५ ओभरमा चार विकेट गुमाएर १४९ रनको योगफल तयार पारेको थियो । वर्षाका कारण टसमा ढिला भएपछि खेललाई १५ ओभरमा झारिएको थियो ।

नेपालका सन्दिप जोराले अविजित ५७ रनको योगदान गरे । उनले ३२ बलमा पाँच चौका र तीन छक्का प्रहार गरे । लोकेश बमले अविजित ५२ रन बनाए । उनले २२ बलमा ६ छक्का र एक चौका प्रहार गरे । आसिफ शेखले २१ रन बनाए ।

जापानका रेनो साकुरानो थोमस, इब्राहिम ताकाहासी, जेक कुसुडो र डेक्लान सुजुकीले एक/एक विकेट लिए ।

यो नतिजासँगै दुई खेलमा तीन अंक जोडेको नेपाल समूह ‘ए’को विजेताका रूपमा क्वार्टरफाइनल प्रवेश गरेको छ । जापान भने एक अंकका साथ पुछारमा रहँदै बाहिरिएको छ । यो समूहबाट दुई अंक जोडेको अफगानिस्तान उपविजेताका रूपमा अगाडि बढ्यो ।

नेपालले पहिलो खेलमा अफगानिस्तानलाई हराएको थियो । जापानले अफगानिस्तानसँग हार व्यहोरेको थियो । अब नेपालले क्वार्टफाइनलमा श्रीलंकाको सामना गर्नेछ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports