२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनलाई हाइज्याक गर्नेहरुले नै भाद्र २४...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सप्तकोशीमा पानीको सतह बढ्यो, कोशी ब्यारेजका ४३ ढोका खोलिए

299
shares

काठमाडौँ । निरन्तरको वर्षाका कारण सप्तकोशी नदीमा जलसतह बढेपछि कोशी ब्यारेजका ५६ मध्ये ४३ वटा ढोका खोलिएका छन्।

शनिबार बिहान ६ बजेपछि गरिएको मापनअनुसार कोशी ब्यारेजमा पानीको बहाव प्रतिसेकेन्ड ३ लाख १६ हजार ७९५ क्युसेक पुगेको छ। जलसतह बढेपछि थप ढोका खोलिएको हो।शुक्रबार बिहान प्रतिसेकेन्ड १ लाख ९८ हजार २२० क्युसेक बहाव हुँदा २५ वटा ढोका खोलिएका थिए। दिउँसो १ बजे बहाव २ लाख २९ हजार ९६० क्युसेक पुगेपछि ३० वटा र दिउँसो २ बजे २ लाख ४० हजार ५५५ क्युसेक पुगेपछि ३१ वटा ढोका खोलिएको थियो।

कोशी ब्यारेजमा पानीको बहाव बढेपछि जोखिमको सङ्केतस्वरूप पश्चिमतर्फ रातो बत्ती बालिएको छ। जलसतह निरन्तर बढिरहेकाले सप्तकोशी आसपासका बासिन्दालाई सतर्क रहन र जोखिमपूर्ण क्षेत्रमा नजान आग्रह गरिएको छ।तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानमा रहन तथा कोशी नदीमा माछा मार्ने र दाउरा सङ्कलन नगर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ।

कोशी ब्यारेजमा ५२ वटा मूल ढोका र चारवटा नहरका गरी जम्मा ५६ वटा ढोका रहेका छन्। वर्षा जारी रहेकाले नदीको बहाव थप बढ्न सक्ने भएकाले आसपासका क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports