२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनलाई हाइज्याक गर्नेहरुले नै भाद्र २४...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

मध्य -पश्चिम नेपाल तिर वर्षा अझै बढने, सडक सञ्जाल अस्तव्यस्त

91
shares

लगातारको झरीले देशभरको जनजीवन प्रभावित बनेको छ । मध्य र पश्चिम नेपालका धेरै ठाउँमा लगातार झरी पर्दा नदी तथा खोलामा बाढी आएको छ । ठाउँ–ठाउँमा पहिरो खसेपछि मुख्य राजमार्गसमेत बन्द भएका छन् ।

बाढी र पहिरोका कारण काठमाडौं आउजाउ गर्ने पृथ्वी राजमार्ग, बीपी राजमार्ग र कान्तिलोकपथ शुक्रबारदेखि नै अवरुद्ध छन् । पहिरो पन्छाएर सडक खुलाउने प्रयास भइरहे पनि वर्षा नरोकिँदा काम प्रभावित भएको प्रहरीले जनाएको छ । हेटौँडा हुँदै काठमाडौं आउजाउका लागि त्रिभुवन राजपथ प्रयोग गर्ने व्यवस्था मिलाइएको छ । बाढी र पहिरोका कारण देशका अन्य धेरै सडक पनि हिजैदेखि बन्द छन् ।सडक विभागका अनुसार भारी वर्षाका कारण आज २५ जिल्लामा सवारीसाधन सञ्चालन पूर्ण रूपमा बन्द गरिएको छ । हुम्ला, मुगु, डोल्पा, मुस्ताङ, बाजुरा, कालिकोट, डोटी, अछाम, सुर्खेत, सल्यान, बाँके र बर्दियालगायत जिल्लामा पूर्ण रूपमा सवारी सञ्चालनमा रोक लगाइएको छ ।

त्यस्तै २७ जिल्लामा रातिको समयमा सवारी सञ्चालन नगर्ने व्यवस्था गरिएको छ । दोलखा, सिन्धुपाल्चोक, काभ्रे, रसुवा र धादिङलगायत जिल्लामा राति सवारी आवागमन बन्द रहनेछ । बाँकी २५ जिल्लामा भने सतर्कता अपनाएर मात्रै सवारी सञ्चालन गर्न सडक विभागले आग्रह गरेको छ ।मध्य र पश्चिम नेपालका धेरै ठाउँमा अहिले पनि निरन्तर वर्षा भइरहेको छ । वर्षाका कारण नदी तथा खोलाको जलसतह बढेकाले आसपासका बस्तीमा जोखिम बढेको छ । बाढी पूर्वानुमान महाशाखाले नदी किनार र तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन आग्रह गरेको छ ।

काठमाडौं उपत्यकासहित पूर्वका केही ठाउँमा भने वर्षा केही समय रोकिएको छ । तर, वर्षा कम भएका ठाउँमा पनि जोखिम टरेको छैन । मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौंसहित देशका धेरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना कायमै छ ।आज बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षाको गतिविधि बढी हुने अनुमान गरिएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै ठाउँमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना छ । कोशी र बागमतीका एक–दुई ठाउँमा पनि भारी वर्षाको सम्भावना रहेको छ ।

लुम्बिनी र सुदूरपश्चिमका एक–दुई ठाउँमा अति भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ । मधेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनीका तराई क्षेत्रमा हावाहुरीको समेत सम्भावना छ ।राति बागमतीका हिमाली र पहाडी क्षेत्रका धेरै तथा कोशीका केही ठाउँमा पनि वर्षा तथा हिमपात हुन सक्नेछ । बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै ठाउँ तथा मधेशका एक–दुई ठाउँमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने अनुमान छ । लुम्बिनी र सुदूरपश्चिमका एक–दुई ठाउँमा अति भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावका कारण बुधबारदेखि देशका धेरैजसो ठाउँमा निरन्तर वर्षा भइरहेको हो । देशभर मनसुनी वायुसँगै पश्चिमी वायुको समेत आंशिक प्रभाव छ ।भारतको उत्तर महाराष्ट्र तथा छत्तिसगढ आसपासमा रहेको बलियो न्यूनचापीय प्रणाली उत्तर–उत्तरपश्चिमतर्फ सर्ने क्रममा छ ।

वर्षा गराउने प्रणाली शुक्रबारदेखि पश्चिमी क्षेत्रमा सक्रिय भएको छ । आज र भोलि वर्षा पश्चिमी क्षेत्रमा बढी केन्द्रित हुने मौसमविद्को अनुमान छ । पर्सि सोमबारदेखि भने पानी पर्ने क्रम क्रमशः कम हुने सम्भावना छ । तर, वर्षा कम हुँदै गए पनि पहिरो र बाढीको जोखिम तत्कालै हट्ने अवस्था छैन । लामो समयको वर्षाका कारण जमिन गलिसकेकाले सडक तथा पहाडी क्षेत्रमा थप पहिरो खस्न सक्ने जोखिम कायमै छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports