प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आइपीएल : हैदरावाद फाईनलमा, उपाधिको लागि कोलकत्तासँग खेल्ने

546
shares

काठमाडौं । राजस्थान रोयल्सलाई पराजित गर्दै सनराईजर्स हैदरावाद भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) को फाइनलमा प्रवेश गरेको छ। गएराती भएको दोस्रो क्वालिफायरमा राजस्थानलाई ३६ रनले पराजित गर्दै हैदरावादले फाइनल यात्रा तय गरेको हो ।

हैदरावादले दिएको १ सय ७६ रनको लक्ष्य पछ्याएको राजस्थान २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ३९ रन मात्र बनाउन सक्यो । राजस्थानका लागि धुव्र जुरेलले ५६ र यसश्वी जैसवालले ४२ रन बनाएपनि जितका लागि पर्याप्त हुन सकेन । बलिङमा हैदरावादका शाहबाज अहमदले ३ र अभिशेक शर्माले २ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ७५ रन बनाएको थियो ।

हैदरावादका हेनरिक क्लासेनले सर्वाधिक ५० रन बनाएका थिए ।राजस्थानका लागि ट्रेन्ट बोल्ट र आवेश खानले समान ३-३ लिएका थिए । उपाधिका लागि हैदरावादले कोलकाता नाइट राईडर्ससँग प्रतिस्पर्धा गर्नेछ । फाइनल खेल आइतबार हुनेछ । कोलकाताले पहिलो क्वालिफायरमा हैदरावादलाई पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports