२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनलाई हाइज्याक गर्नेहरुले नै भाद्र २४...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सेवा निवृत्त भएपछि पनि महिला शिक्षा तथा सामाजिक एवं न्याय शिक्षाको सुधारका लागि लाग्नुपर्छ : प्रधानन्यायाधीश श्रेष्ठ

585
shares

ललितपुर । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले मन भित्रको अन्तर ब्रह्मले लिने निर्णय सार्थक र सिर्जनामूलक हुने बताएका छन् । शनिबार लेखन कुञ्जद्वारा प्रकाशित एवं नेपालका प्रथम महिला न्यायाधीश शारदा श्रेष्ठद्वारा लिखित ‘शारदा श्रेष्ठ– नेपालकी प्रथम महिला न्यायाधीश’ लोकार्पण कार्यक्रममा सम्बोधन गर्दै उनले पुस्तकले सामाजिक यथार्थलाई चित्रण गरेको बताएका हुन् ।

उनले शारदा श्रेष्ठ निष्ठावान्, कर्तव्यपरायण, साहसी र निडर व्यक्तित्व रहेको बताए । उनले पुस्तकमा तत्कालीन अवस्थाका अदालतको कार्यशैली, कार्यवातावरण र प्रवेशको चित्रण रहेको जिकिर गरे । उनले भने, ‘पुस्तकले सामाजिक यथार्थलाई जसरी चित्रण गर्न खोजेको छ । त्यो लेखकको चेतना, बौद्धिकता, साहस र सामाजिक परिवर्तनप्रतिको उत्कृष्ट अभिलाषा पनि हो । प्रस्तुतिहरूमा त्यसको स्पष्ट छनकसमेत पाउन सकिन्छ । पुस्तकका लेखक आदरणीय शारदा श्रेष्ठज्यूलाई मैले जति नजिकबाट चिनेको, भिजेको छु, उहाँको व्यक्तित्वको बारेमा जति जानकारी छ, त्यसबाट के भन्छ मेरो अन्तर आत्माले के भन्छ भने उहाँ निष्ठावान्, कर्तव्यपरायण, साहस, निडर हुनुहुन्छ ।

मन भित्रको अन्तर ब्रह्मले लिने निर्णय सार्थक र सिर्जनामूलक हुन्छ । उहाँका अनुभवहरूले तत्कालीन अदालतको कार्यशैली, कार्यवातावरण र प्रवेशको चित्रण पुस्तकमा पाइन्छ । साथै महिला न्यायाधीशप्रति कार्यस्थलमा हुने फरक व्यवहार र महिला कर्मचारीले भोग्नुपर्ने असुविधालाई पुस्तकमा उजागर गरिएको छ । सायद त्यस प्रकारका आरोह, अवरोह, घटना र परिघटनाले उहाँजस्तो समाज परिवर्तन भएको हो ।’ प्रधानन्यायाधीश श्रेष्ठले सेवा निवृत्त भएपछि पनि महिला शिक्षा तथा सामाजिक एवं न्याय शिक्षाको सुधारका लागि लाग्नुपर्ने बताए । महिलाहरूको उत्थान र विकासका लागि अझै काम गर्न जरुरी रहेको बताए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports