२०८२ भाद्र २३ गतेको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गतेको विध्वसात्मक कार्यलाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कुलेखानी जलाशयमा पानीको सतह बढ्दो, सतर्क रहन आग्रह

754
shares

हेटौडा । कुलेखानी जलाशयमा पानीको सतह बढिरहेको छ । बिहान ७ बजेको अपडेट अनुसार पानीको सतह बढेर १५२५.६१ मिटर पुगेको हो ।निरन्तर ठूलो वर्षा भइरहेकाले पछिल्ला दिनको तुलनामा जलाशयमा पानीको सतह केही तीव्र गतिमा बढिरहेको जनाइएको छ ।

कुलेखानी जलाशयमा अधिकतम १५३० मिटरसम्म पानी भण्डारण गर्न सक्ने क्षमता रहेको छ । हाल जलाशयबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन भइरहेको विद्युत् प्राधिकरणले जनाएको छ । जलाशयमा पानीको सतह बढेर १५२७ मिटर पुगेपछि पहिलो साइरन बजाइने र त्यसपछि पानीको सतह थप बढ्दै गएमा क्रमशः तीन पटकसम्म साइरन बजाइने जानकारी दिइएको छ ।

तीन पटक साइरन बज्ने अवस्था आउँदा जलाशयको पानीको सतह १५३० मिटर पुगेको हुने र त्यसपछि बाँधको मुख्य ढोका बिस्तारै खोलिने जनाइएको छ ।निरन्तर ठूलो वर्षा भइरहेकाले जलाशयको पानीको सतहमा भइरहेको वृद्धिलाई निगरानी गरिरहेको प्राधिकरणसहित स्थानीय प्रशासनले जनाएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports