पूर्वप्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा प्रहरीको नियन्त्रणबाट छुटे
वि.सं.२०८३ असोज ११ आइतवार १५:०४
shares

काठमाडौं । पूर्वप्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा प्रहरीको नियन्त्रणबाट छुटेका छन् । गएरातिदेखि प्रहरीको नियन्त्रणमा रहेका जबरा आइतबार दिउँसो टेकुस्थित उपत्यका अपराध अनुसन्धान कार्यालयबाट रिहा भएका हुन् ।
प्रहरीले उनलाई पक्राउ नगरेर सुरक्षाको लागि आफ्नो कार्यालयमा ल्याएको दावी गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई गएराति महाराजगञ्जस्थित घरबाट नियन्त्रणमा लिएको थियो ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले जबरालाई कार्यालयबाट सुरक्षित स्थानमा लगेर छाडेका हुन् । उपत्यका अपराध अनुसन्धान कार्यालयका एकजना अधिकृतले भने, ‘उहाँ यहाँबाट जानुभएको छ, सुरक्षित स्थानमा पठाइएको छ ।’







































