२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनलाई हाइज्याक गर्नेहरुले नै भाद्र २४...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

हेटौँडालाई काठमाडौ जोडने अधिकांश सडक अवरूद्ध

104
shares

मकवानपुर । अविरल वर्षाका कारण हेटौँडालाई काठमाडौँ जोड्ने अधिकांश सडक सञ्जाल अवरुद्ध भएका छन् । विषेशगरी मधेसलाई राजधानीसँग जोड्ने हेटौँडाका अधिकांश सडक खण्डहरू पहिरोका कारण अवरुद्ध भएका हुन् ।

विभिन्न स्थानमा गएको पहिरो, सडक भासिएको र विद्युतका पोल ढलेका कारण यातायात सेवा प्रभावित भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । हाल काठमाडौँ आवतजावतका लागि त्रिभुवन राजपथ मात्रै सञ्चालनमा रहेको छ । सो बाहेक अन्य मार्गहरू अवरुद्ध भएपछि अत्यावश्यक सामग्री तथा सवारी साधनहरूका लागि अहिले त्रिभुवन राजपथ भएर सञ्चालन गरिएको छ ।

हेटौँडा काठमाडौँ जोड्ने कान्ति लोकपथको मकवानपुरतर्फको सडक खण्ड सञ्चालन योग्य रहेको छ । यद्यपि सो लोकमार्गको ललितपुरको बागमती गाउँपालिका–३ पाँचधुरे र टाँकुर्चे क्षेत्रमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता माधव काफ्लेले जानकारी दिए ।उनका अनुसार हेटौँडा– भीमफेदी– फाखेल– काठमाडौँ सडक अन्तर्गत इन्द्रसरोवर गाउँपालिका–२ किटनीमा वर्षाका कारण सडक भासिएको छ । उक्त स्थानमा एकतर्फी आवागमनसमेत अत्यन्त जोखिमपूर्ण भएपछि चालकहरुलाई सिस्नेरी वा खानीखेत वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ ।

हेटौँडा– भीमफेदी– सिस्नेरी– काठमाडौँ सडक खण्ड अन्तर्गत भीमफेदी गाउँपालिका–२ ज्यालटार, भीमफेदी–६ को जुरीखेत र इन्द्रसरोवर गाउँपालिका–३ धाराखोल्सामा लेदोसहितको पहिरो खसेको छ । तीन वटै स्थानमा सडक पूर्ण रूपमा अवरुद्ध भएपछि जेसीबी प्रयोग गरी पहिरो पन्छाउने काम भइरहेको उनले बताए ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा–१९ नेवारपानी (रजैया नजिकै) सडकमा माथिबाट पहिरो र ढुंगा खस्दा सडक एकतर्फी मात्रै सञ्चालनमा आएको छ । पहिरो पन्छाउन जेसीबी परिचालन गरिएको छ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीर र ज्यामिरे क्षेत्रमा पहिरो खस्दा सडक दुवैतर्फबाट अवरुद्ध भएको छ । चितवन र धादिङ जिल्ला प्रशासन कार्यालयले अर्को सूचना जारी नभएसम्मका लागि यस राजमार्गमा सवारीसाधन सञ्चालनमा पूर्ण रोक लगाएका छन् ।

यता धरान–चतरा सडकको हेटौँडा उपमहानगरपालिका–१६ हटिया बजारदेखि चिसापानीसम्म करिब १० वटा विद्युतका पोल ढलेर सडक पूर्ण अवरुद्ध भएको छ । पोल हटाउन र बाटो खुलाउन विद्युत् प्राधिकरणसँग समन्वय भइरहेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports