२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनलाई हाइज्याक गर्नेहरुले नै भाद्र २४...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आज प्रतिनिधिसभाको बैठक बस्दै, सरकारको निति तथा कार्यक्रम पारित गर्ने तयारी

1.07K
shares

काठमाडौँ । प्रतिनिधिसभा बैठक बस्दै छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा आज बिहान ११ बजेका लागि बैठक बोलाइएको छ । संसद् सचिवालयले विभिन्न १४ वटा सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । जसअनुसार बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउनेछन् ।

त्यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले सुरक्षण मुद्रणसम्बन्धी विधेयकसम्बन्धी समितिको प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूचीमा छ । त्यसै गरी बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रचण्डले राष्ट्रपतिबाट गत जेठ १ गते सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सम्बोधनमा उल्लेखित आर्थिक वर्ष २०८१–०८२ को सरकारको नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भन्ने प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ । नीति तथा कार्यक्रममाथि सदस्यहरूबाट प्राप्त संशोधनहरू प्रस्तुत हुने र सम्बोधनमाथि छलफल गरिने कार्यसूची रहेको छ ।

प्रधानमन्त्री प्रचण्डले उक्त छलफलको क्रममा उठेका प्रश्नहरूको जवाफ दिनेछन् । त्यसपछि सभामुखले प्राप्त संशोधन र नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गर्ने सचिवालयले जारी गरेको सम्भावित कार्यसूचीमा उल्लेख छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports