linktrix Long Ad
Salt Trading Long Ad

गण्डकीमा विश्वासको मत माग्दै राप्रपा अध्यक्ष लिङ्देनलाई सभापति देउवाको पत्र

676
shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गण्डकीमा विश्वासको मतमा साथ दिनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई पत्र लेखेका छन् ।

१६ जेठमा सर्वोच्च अदालतको आदेश अनुसार कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे गण्डकीको मुख्यमन्त्री बनेका छन् । पाण्डेलाई विश्वासको मतको आग्रह गर्दै देउवाले लिङदेनलाई पत्र लेखेका हुन् । देउवाले लिङ्देनलाई पठाएको पत्रमा भनिएको छ, ‘विशेष परिस्थितिमा तपाईंको दलको तर्फबाट विश्वास मत प्रदान गरी सहयोग गर्नका लागि अनुरोध सहित कांग्रेसको तर्फबाट यो पत्र पठाएको छु ।’

पाण्डेले २८ जेठमा विश्वासको मत लिन लिँदै छन् । प्रदेश सभामा कांग्रेसका २७ सांसद छन् । बहुमतका लागि ३१ सांसद आवश्यक पर्दछ । प्रदेशको समितिसँग छलफल गरेर लिन अध्यक्षले निर्णय लिने गरि राप्रपाको कार्यसम्पादन समितिले अधिकार दिएको छ । राप्रपाका एक शीर्ष तहका नेताका अनुसार गण्डकीमा कांग्रेसलाई विश्वासको मत दिने पार्टीको तयारी छ । राप्रपाका २ जना प्रदेश सांसद छन् ।

बहुमत पुर्‍याउनका लागि कांग्रेसलाई राप्रपा सहित थप दुई जना आवश्यक पर्दछ । स्वतन्त्र सांसद दिपक मनाङे र माओवादी केन्द्रको चुनाव चिन्हबाट जितेका नेपाल समाजवादीका फणिन्द्र देवकोटाले मत दिए मुख्यमन्त्री पाण्डेलाई बहुमत पुग्दछ । माओवादी केन्द्रले विश्वासको मतको विपक्षमा मत दिन ह्रिप लगाएको अवस्थामा देवकोटालाई संवैधानिक कठिनाइ छ । कांग्रेसका प्रमुख सचेतक नन्दुप्रसाद न्यौपानेले बहुमतका पुर्‍याउनका लागि विपक्षमा रहेका सबैसँग संवाद गरिने जानकारी गराए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports