linktrix Long Ad
Salt Trading Long Ad

एमाले काठमाडौंको जिल्ला अधिवेशन आज सुरू हुँदै

663
shares

काठमाडौं । नेकपा (एमाले) काठमाडौंको सातौं जिल्ला अधिवेशन आज शनिबारदेखि सुरु हुँदैछ । काठमाडौंको भृकुटीमण्डपमा आजदेखि हुने अधिवेशनको तयारी पूरा भएको एमाले काठमाडौंका अध्यक्ष दीपक निरौलाले जानकारी दिनुभयो ।

उहाँकाअनुसार अधिवेशनको उद्घाटन पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुहुनेछ । अधिवेशनको बन्दसत्र भने आइतबार काठमाडौं बैंक्वेटमा हुनेछ । बन्दसत्र सञ्चालनका लागि एमाले पोलिटब्यूरो सदस्य आनन्द पोखरेलको नेतृत्वमा ११ सदस्यीय अध्यक्ष मण्डल चयन गरिसकेको बताइएको छ ।

अधिवेशनले जिल्लाको नयाँ नेतृत्व चयन गर्नेछ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports