linktrix Long Ad
Salt Trading Long Ad

म हिन्दू हुँ, म कसैको विरोधी होइन : देउवा

130
shares

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले आफू हिन्दू धर्म मान्ने व्यक्ति भएको बताएका छन्।

कांग्रेसको संस्थापन इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै देउवाले आफू कसैको विरोधी नभएको प्रष्टीकरण दिएका हुन् । ‘म हिन्दू हुँ । म कसैको विरोधी होइन । नेपालमा मुस्लिम धर्म मान्ने छन्, किराँतहरू छन् । म कसैको खिलाफमा छैन,’ उनले भने, ‘मैले आफू हिन्दू हो भन्न पाउनु पर्‍यो नि । हिन्दूमा विश्वास गर्न पाउनुपर्‍यो नि मैले । यसमा कुनै कन्फ्युजन नहोस् ।’

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports