linktrix Long Ad
Salt Trading Long Ad

साल्ट ट्रेडिङ ६२ औ बर्षमा प्रवेश, आफ्नो सेवालाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता

624
shares

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले आम उपभोक्ता समक्ष पु-याउँदै आएको सेवालाई अझ प्रभावकारी बनाउँदै लैजाने जनाएको छ । साल्ट ट्रेडिङ कर्पोरेशन ६२औँ वर्ष प्रवेश गरेको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले यस्तो प्रतिवद्धता जनाएकी हुन् ।

उद्योग, वार्णिाज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीको प्रमुख आतिथ्यमा आयोजित वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले कर्पोरेशनले आफ्नो सेवा प्रारम्भ गर्दादेखि नै सुपथ मूल्य, गुणस्तरीयता एवं सर्वसुलभतालाई मूलमन्त्रको रुपमा लिँदै आएको र त्यही मूल्य मान्यताअनुसार आम उपभोक्ताको लागि सेवा प्रवाह गर्दै आएको जानकारी दिइन् । उनले भनिन्, ‘यही मूल्य मान्यतालाई निरन्तरता दिन अझ प्रभावकारी रुपमा आम उपभोक्ताको सेवामा सक्रिय रहने प्रतिवद्धता व्यक्त गर्दछौँ ।’ कर्पोेरेशनले आमजनता तथा समस्त उपभोक्ताको लागि अति आवश्यक वस्तु नूनलगायत दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने लक्ष्य लिइ सेवाको ६ दशक पूरा गरेको छ । कर्पोरेशनले आफ्नो सेवाका साथै नेपाल सरकारले समय समयमा सुम्पिएका जिम्मेवारी पूरा गर्नमा समेत प्रतिवद्ध हुँदै आएको उनले बताइन् ।

‘६ दशक हामीलाई विश्वास गरी थप दायित्व प्रदान गरेकोमा नेपाल सरकारप्रति आभार व्यक्त गर्दछौँ’ प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले भनिन्, ‘यो विश्वासले हामीलाई थप सेवाप्रवाहमा हौसला प्राप्त भएको छ ।’ कर्पोरेशनले दैनिक उपभोग गर्ने नून, चिनी, तेल, चामल, पिठो, दाल, गेडागुडी, खाना पकाउने ग्याससमेत समान्य अवस्थामा आफ्नै जस्तै असामान्य अवस्थामा पनि उपभोक्ताको घरदैलोसम्म पु¥याएर भएपनि सेवाप्रवाहलाई निरन्त्तरता दिँदै आएको छ ।
विगतमा आएको ठूलो भूकम्प र कोभिड–१९ को समयमा समेत आम उपभोक्ताको घरदैलोसम्म सेवा पु-याएको स्मरण गर्दै उनले भनिन्, ‘जुन कुराबाट हामी गौरवान्वित भएका छौँ र सर्वसाधारढणबाट प्रशंशा पनि पाएका छौँ ।’

उनले सरकारले कर्पोरेशनको कार्यक्षेत्र व्यापक बनाउन र अत्यावश्यकीय उपभोग्यवस्तु उत्पादन, तथा सुपथ मूल्यमा बिक्री वितरण गर्न प्रोत्साहित गर्दै आएको बताइन् । दैनिक उपभोग्य वस्तुका अतिरिक्त कृषि क्षेत्रको विकासमा सहयोग पु¥याउन अनुदानित एवं गैरअनुदानित रासायनिक मल आयात गरी आवश्यक समयमा किसानहरुलाई उपलब्ध गराउँदै आएको समेत उनले बताइन् । साथै, कर्पोरेशनले भविष्यमा अझ बिस्तार गर्ने नीति लिएको बताउँदै उनले भनिन्, ‘हामीलाई विश्वास छ, सबैको स्नेह, सहयोग र सद्भावनाले थप सफलता प्राप्त गर्नेछाँै ।’ यस्तै, सो अवसरमा रक्तदान गर्नुका साथै, विभिन्न कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरिएको छ । यस वर्षको ‘लक्ष्मीदास मानन्धर बाल हितकारी पुरस्कार’ मानव कल्याण समाज, पनौतीलाई प्रदान गरिको छ । उक्त पुरस्कारको राशी नगद एक लाख र ताम्रपत्र रहेको छ ।

यस्तै, कर्पोरेशनको श्रीवृत्तिमा उल्लेखनीय योगदान पु¥याएवापत कर्पोरेशनले विभिन्न पुरस्कार र छात्रवृत्तिको व्यबस्था गर्दै आएको छ । यस वर्ष कर्पोरेशनका कर्मचारीहरुका छोराछोरीबाट एसइई परीक्षामा उत्कृष्ट अंक ल्याएकाहरुलाई ‘साल्ट ट्रेडिङ अनुमान शेरचन छात्रबृत्ति’ प्रदान गरिएको छ । छात्रवृत्ति पाउने विद्यार्थी २ वर्षसम्म पाँच हजारका दरले पाउनेछन् । यस्तै, यस वर्ष कर्पोरेशनको अधिकृतस्तरमा उल्लेखनीय काम गर्र्ने केन्दी्रय कार्यालयमा कार्यरत कर्मचारी प्रबन्धक टुलेश्वर प्रसाद साह, प्रदेश कार्यालय, बिराटनगरमा कार्यरत प्रमुख सहायक बसन्त कुमार यादव तथा स्तरबिहिन तर्फ केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारी सवारी चालक यामबहादुर मगरलाई ‘हेमबहादुर मल्ल उत्कृष्ट सेवा पुरस्कार’ प्रदान गरिएको छ ।

त्यसैगरी यस वर्ष कर्पोरेशनको अधिकृत स्तरमा रही उल्लेखनीय काम गर्र्ने केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारी सहायक प्रमुख कार्यकारी अधिकृत संकेत भट्टराई, नन्अधिकृत स्तरमा रही उल्लेखनीय काम गर्ने डिपो कार्यालय डोल्पामा कार्यरत कर्मचारी प्रमुख सहायक प्रकाशबहादुर धामी तथा स्तरबिहिनतर्फ प्रदेश कार्यालय, पोखरामा कार्यरत कर्मचारी कार्यालय सहयोगी त्रितिय धनबहादुर झाक्री मगरलाई ‘ईश्वरलाल श्रेष्ठ उत्कृष्ट सेवा पुरस्कार’ दिइएको छ ।ईश्वरलाल श्रेष्ठ उत्कृष्ट सेवा पुरस्कारको लागि सम्मान पत्रसहित नगद रु ४००००, र हेमबाहदुर मल्ल उत्कृष्ट सेवा पुरस्कारको राशी नगद ३५ हजार रहेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports