linktrix Long Ad
Salt Trading Long Ad

एमालेको २०८४ मा सम्पन्न हुने आम निर्वाचन मार्फत निर्णायक राष्ट्रिय शक्ति निर्माण गर्ने यस्तो छ वार्षिक कार्ययोजना

819
shares

काठमाडौँ । २०८४ मा सम्पन्न हुने आम निर्वाचन मार्फत पार्टीलाई बहुमतप्राप्त पहिलो र बलियो शक्ति बनाउने उद्देश्यसहित एक वर्षे कार्ययोजना बनाएको नेकपा एमालेले केन्द्रले बनाएका कार्ययोजनाहरु कार्यान्वयन गर्न सबै तहका पार्टी कमिटीलाई सर्कुलर गरेको छ । हालै सम्पन्न सचिवालयले अन्तिम रूप दिएर पार्टी कमिटीमा पठाएको एमालेको २४ पेज लामो एक बर्से कार्ययोजनामा आगामी एक वर्षभित्र गर्नुपर्ने कामहरूको सूची समेटिएको छ ।

जसमा पार्टी सदस्यता नवीकरण, विस्तार तथा अभिलेखीकरणदेखि नियमित अधिवेशन र व्यवस्थापन तथा पार्टी कमिटी र कार्यकर्ताको कामको मूल्याङ्कनसहित अन्तर्विरोधको व्यवस्थापन समेटिएको छ । त्यस्तै पार्टी जीवनको शुद्धीकरण, आर्थिक सामाजिक रूपान्तरण र जनचासोको सम्बोधनलाई पनि एमालेले कार्ययोजनामा समेटेको छ । एमाले महासचिव शंकर पोखरेलले हस्ताक्षर गरेर भदौ ३१ पार्टी कमिटी र नेता कार्यकर्ताहरूलाई पठाएको १८ बुँदे कार्ययोजनाको १४ नम्बर बुँदामा बलियो र निर्णायक राष्ट्रिय शक्ति निर्माण गर्ने भनिएको छ । ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पुरा गर्नका लागि पार्टीलाई बलियो र निर्णायक राष्ट्रिय शक्तिको रूपमा विकास गर्नुपर्दछ । गएको निर्वाचनबाट हाम्रो पार्टी पहिलो पाटी बन्न त सफल भएको छ तर अपेक्षित मात्रामा जनआधार विस्तार गर्न सकेको छैन’, एमालेले भनेको छ, ‘आगामी निर्वाचनमा जनआधार विस्तार गरी त्यसलाई दिगो बनाई निर्णायक तहमा पार्टीलाई पुर्‍याउँनुपर्दछ ।’

त्यसका लागि एमाले नेतृत्वको विकासको योजना, स्थानीय तहसम्म जनसङ्गठन सुदृढीकरण विस्तार र नयाँ पुस्तामा पार्टी काम लगायत पाँच वटा विषयलाई प्राथमिकतामा राखेको छ ।नयाँ पुस्तामा पार्टी काम शीर्षक अन्तर्गत एमालेले नयाँ पुस्तामा पार्टी काम पुर्‍याउने र नेतृत्वमा विकासको योजना कार्यान्वयन गर्न प्रदेश कमिटीमा १०, जिल्लामा १५, पालिकामा २० र वडा तथा टोल तहमा ३३ प्रतिशत युवा सहभागिताको नीतिलाई प्रभावकारी ढङ्गले लागु गर्ने जनाएको छ ।साथै प्रत्येक गाउँपालिकाले ५०, नगरपालिकाले १००, उपमहानगरपालिकाले १५० र महानगरपालिकाले २५० युवा पहिचान गर्दै नेतृत्व विकासको प्रशिक्षण प्रदान गर्दै पार्टी काममा जोडेर उनीहरूलाई वैचारिक राजनीतिक प्रशिक्षणका अलावा नेतृत्व विकास र उद्यमशीलताका विषयमा समेत प्रशिक्षित गर्ने एमालेको कार्ययोजना छ ।

‘नयाँ पुस्तालाई पार्टीमा आकर्षित गर्नका लागि उमेर समूह अनुसारमा मुद्दाहरू तय गर्ने र नयाँ पुस्तामा पुर्‍याउने, जनसंगठनसँगको समन्वयमा नयाँ पुस्तामा सदस्यता विस्तारको योजना कार्यान्वयन गर्ने’, एमालेको कार्ययोजनामा भनिएको छ,‘ युवाहरूमा उद्यमशीलताको विकास, उत्पादन कार्यमा सहभागिता र उत्पादकत्व वृद्धिका लागि सोहीअनुरूपमा परामर्श कार्यक्रम (काउन्सिलिङ), प्रशिक्षण र तालिम, स्टार्ट अप सम्बन्धी जानकारी र सहजीकरण तथा उत्पादनको बजारीकरणका लागि आवश्यक समन्वय गर्ने ।’ ‘समृद्ध नेपाल सुखी नेपाल’को राष्ट्रिय अभियानमा युवाको सार्थक सहभागिता र नेतृत्व स्थापित गर्ने उद्देश्यका साथ चालीस वर्ष मुनिका युवाहरूको शिखर सम्मेलन आयोजना गर्ने कार्ययोजना बनाएको एमालेले शिखर सम्मेलनको अवसरमा व्यापक जनपरिचालन गर्ने जनाएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports