बाइडेनले ट्रम्पलाई बोलाए ह्वाइट हाउसमा
वि.सं.२०८१ कात्तिक २२ बिहीवार १४:०६
shares

अमेरिकाका वर्तमान राष्ट्रपति जो बाइडेनले देशमा भर्खरै सम्पन्न राष्ट्रपतीय चुनाव जितेका डोनाल्ड ट्रम्पलाई बधाई दिँदै ह्वाइट हाउसमा बोलाएका छन्।
बीबीसीका अनुसार राष्ट्रपति बाइडेनले ट्रम्पलाई फोन गरी बधाई दिँदै सत्ता हस्तान्तरण प्रक्रियाबारे छलफल गर्न ह्वाइट हाउस आमन्त्रण गरेको ट्रम्पको अभियानले जनाएको छ।ट्रम्प अभियानका प्रवक्ता स्टिभन चाङले भने– ट्रम्प छिट्टै हुने बैठकको प्रतीक्षामा हुनुहुन्छ र उहाँले उक्त फोनको धेरै प्रशंसा गर्नुभएको छ।
अमेरिकी राष्ट्रपति चुनावको परम्पराअनुसार वर्तमान राष्ट्रपतिले सामान्यतया नव निर्वाचित राष्ट्रपतिलाई सत्ता हस्तान्तरण प्रक्रियाबारे छलफल गर्न ह्वाइट हाउसमा निम्तो र स्वागत गर्ने गर्छन्।राष्ट्रपति बाइडेनले अमेरिकी परम्परा अनुसार नयाँ राष्ट्रपति ट्रम्पलाई अर्को वर्ष जनवरी २० मा औपचारिक रुपमा सत्ता हस्तान्तरण गर्नेछन्। वासिङ्टन डिसीमा हुने नयाँ राष्ट्रपतिको शपथग्रहण समारोहमा दुवै जना सहभागी हुन्छन्।
तर, सन् २०२० को चुनावबाट बाइडेन राष्ट्रपतिमा निर्वाचित हुँदा ट्रम्पले यो परम्परा पालना गरेनन्। बरु उनले चुनावमा धाँधली भएको भन्दै अदालतमा मुद्दा हालेका थिए तर जितेनन्।





































