linktrix Long Ad
Salt Trading Long Ad

देउवा २६ गतेको सट्टा २८ गते मात्र काठमाडौ आउने नेता तथा कार्यकताहरूले एयरपोर्टमै स्वागत गर्ने

182
shares

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा साउन २८ गते स्वदेश फर्किने भएका छन्। यसअघि २६ गते नै आउने भनिएपछि समय परिवर्तन भएको नेता डा. प्रकाशशरण महतले बताए।

उनले भने, ‘२६ गते आउँदा राति हुने भयो, त्यसैले नेता कार्यकर्ताको माग बमोजिम हामीले समय परिवर्तन गर्न भनेका हौँ। अब उहाँ २८ गते दिउँसो १२ः २५ मा बजे काठमाडौं उत्रिनुहुनेछ।’देउवा फर्किँदा आफूहरूले स्वागत कार्यक्रम राखेको समेत बताए।

उनले थपे, ‘हामी स्वागत गर्नको लागि विमानस्थलमा जान्छौँ। त्यही अनुसार नेताकर्तालाई आह्वान गरेका छौँ।’ देउवा स्वदेश फर्किएको भोलिपल्टै आफूनिकट नेताहरूले राखेको भेलालाई सम्बोधन गर्नेछन्।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports