linktrix Long Ad
Salt Trading Long Ad

पुष्पकमल दाहालको प्रधानमन्त्री ओलीले चिनियाँ कार्ड प्रयोग गर्न खोजेको भन्ने भनाई प्रति एमालेको आपति

780
shares

सत्तारुढ नेकपा एमालेले ‘प्रधानमन्त्री केपी शर्मा ओलीले चाइना कार्ड प्रयोग गरेर चीन भ्रमणमा जान लागेको’ भन्ने पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भनाइप्रति आपत्ति जनाएको छ।

एमालेका विदेश विभाग प्रमुख रघुवीर महासेठले शनिबार विज्ञप्ति जारी गर्दै प्रचण्डको त्यो अभिव्यक्ति गैरजिम्मेवार, नेपालको सार्वभौम प्रतिष्ठा र कूटनीतिलाई गहिरोगरी असर पार्ने खालको रहेको टिप्पणी गरेका हुन्।विज्ञप्तिमा भारतीय अखबार ‘दी हिन्दू’लाई दिएको अन्तर्वार्तामा प्रचण्डले ‘चिनियाँ कार्ड प्रयोग गर्न खाजेको’ र ‘चीन भ्रमणमा जानु अपरिपक्वताको प्रमाण’ भएको भन्ने अभिव्यक्ति दिएको दाबी गरिएको छ।

प्रचण्डको उक्त अभिव्यक्ति कूटनीतिक मर्यादा विपरित र नेपालको स्वतन्त्रताप्रति पूर्णरुपमा अनादर भएको आरोप लगाइएको छ।प्रधानमन्त्रीको चीन भ्रमणमा जाने निर्णय नेपालको स्वतन्त्र परराष्ट्र नीतिको प्रतिबिम्बन भएको भन्दै एमालेले झुटो दाबी गरिएको जस्तो ‘कार्ड कूटनीति’ नभएको स्पष्ट समेत पारेको छ।एउटा सार्वभौम राष्ट्रका रुपमा कूटनीतिक संलग्नता जनाउन नेपाललाई कुनै बाहिरी पक्षको अनुमति नचाहिने समेत एमालेले प्रष्ट पारेको छ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports